
काठमाडौं -राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन् । बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिएका हुन्।
बैंक स्रोतका अनुसार अब बस्ने सञ्चालक समिति बैठकले कोइरालालाई अध्यक्ष चयन गर्नेछ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई नियुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि उनी बैंकको सञ्चालक समितिको अध्यक्ष चयन भएका छैनन्।
तर उनले आफूलाई अध्यक्ष चयन नगरे सञ्चालक समिति सदस्य पनि नबस्ने भन्दै घुर्क्याएका बैंक स्रोत बताउँछ। उनले सपथ लिएपछि अब अध्यक्ष बन्ने पक्का भएको स्रोतको भनाइ छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
