News Portal

भेरी नदी किनारमा आमाछाेरी मृत फेला

हिमालीसंचार संवाददाता
५७१ पटक

सुर्खेत – भेरी नदी किनारमा आमाछाेरी मृत अवस्थामा भेटिएका छन्। गत असोज ३ गते रातिदेखि वेपत्ता भएका उनिहरू मृत अवस्था भेटिएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका-११ की २३ वर्षीया पुष्पा पुन बुधबार (असोज १४ गते) र उनकी छोरी प्रमिशा ६ गते मृत अवस्थामा भेटिएका हुन्।

पुष्पाको शव भेरीगंगा नगरपालिका-९ चिप्ले नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामबहादुर घर्तीले जानकारी दिए।

आमाछोरीको शव छुट्टाछुट्टै मितिमा भेरी नदी किनारमा भेटिएको उनको भनाइ छ। उनका अनुसार असोज ३ गते राति लेकवेंशीबाट आमाछोरी बेपत्ता भएका थिए। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुल्लूखबरबाट।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...