News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गौरादह बृद्ध हत्याकाण्ड प्रकरण: अनुसन्धान जारी, बृद्धको आज अन्त्येष्टि !

    हिमालीसंचार संवाददाता
    ४०२ पटक

    झापा – झापाको गौरादहमा भएको ६५ बर्षिया पार्वता भण्डारीको हत्याबारे अहिले पनि प्रहरीले अनुसन्धान जारी राखिरहेको छ। गौरादह घटना सोमबार भएको थियो। गौरादह बृद्ध हत्याकाण्ड प्रकरण अनुसन्धान जारी रहेको छ। यस धटनाको बुधवारसम्म प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन। प्रहरीले मृतकका श्रीमानसँग करिब २ घण्टा सोधपुछ गरिसकेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ। प्रहरीले त्यस अघि मृतकका परिवारले शंका गरेका केही ब्यक्तिलाई समेत प्रहरीले सोधपुछ गरिसकेको छ।

    अनुसन्धानमा संलग्न एक प्रहरी उच्च अधिकारीले भने, “अनुसन्धान धेरै पाटोबाट गर्नुपर्ने हुन्छ। हामीले मृतकका परिवारले शंका गरेका ब्यक्तिसंग आवश्यक सोधपुछ गरिसकेका छौँ। मृतकका श्रीमानसंग पनि हामीले मंगलवार सोधपुछ गर्‍यौ। हामीले केही दिनमै अपराधी पत्ता लगाउदैछौं ।”

    प्रहरीले सोमबार साँझ परिसकेकाले केही क्लु नभेटे पनि मंगलवार उज्यालोमा हेर्दा घर अगाडीको धानवारीमा जग्गा सम्बन्धीका कागजपत्र फेला पारेको थियो। यस्तै सोमबार राती अबेरसम्म प्रहरीले संघीय प्रहरी इकाइ धरानबाट झिकाएको कुकुरबाट अनुसन्धान गरेको थियो। डग स्न्याफिङ गराए पनि खासै प्रहरीलाई त्यसबेला सफलता मिलेन। प्रहरीलाई अनुसन्धानमा धेरै सघाउ भने पुगेको प्रहरी उच्च श्रोत बताउँछ।

    त्यस्तै, घटनाको दोस्रो दिन मंगलवार मृतकका पति भीम भण्डारीसँग प्रहरीले सोधपुछ गर्नु अघि स्थानीय पत्रकारसंगको कुराकानीमा उनले आफू सोमबार दिउसो करिब १ बजेको समयमा घरबाट बाहिर निस्किएको र बेलुका करिब साढे ४ बजेको समयमा घर फर्कँदा श्रीमतीलाई रगतको आहालमा भेटेपछि हारगुहार गरेको बताएका थिए। उनले आफू र आफ्नो परिवारलाई २ वर्ष अघि जग्गाको लेनदेनको विषयमा मार्छु र काट्छु भन्दै धम्क्याएको भए पनि अहिले सो घटना साम्य भएको बताएका थिए।

    प्रहरीको अनुसन्धान जारी नै राखेको बेला विभिन्न कोणबाट अनुसन्धान हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाको भनाइ छ। एसपी कोइरालाले भने, “अनुसन्धान जारी छ। फ्याट्टै यसै हो भन्न सकिने अवस्था रहन्न तर, हामीले आवश्यक सोधपुछको कामलाई जारी राखेका छौँ। कसैलाई नियन्त्रणमा लिएको भन्ने खबर चाहिँ होइन।

    यस बिचमा शंकाको सुई जतातिर फर्किएको भए पनि प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडी बढाइरहेको छ तर, यो घटनाका सम्बन्धमा केही प्रश्नहरू भने पक्कै पनि उब्जाएकै छ। जुन प्रश्न अझैसम्म पनि अनुत्तरित रहेको छ। 

    प्रश्न नम्बर १: घटना भएको दिन अर्थात् सोमबार दिउँसो करिब २ बजेसम्म पनि मृतकको घर नजिकैको घरमा एउटा लघुबित्तको बैठक थियो। त्यहा धेरै जनाको उपस्थित पनि थियो तर, यत्रो घटना हुँदा पनि कसैले सुइँकोसम्म कसरी पाउन सकेनन् ?

    प्रश्न नम्बर २: भण्डारीका श्रीमान् श्रीमती सोमबार मात्रै आफ्नो मूल घर स्थानीय ढ्याङ्री भन्ने स्थानबाट गौरादहमा रहेको अर्को घरमा आएका थिए। उनीहरू सोमबारै त्यहा आउदैछन् भन्ने हत्याराले कसरी चाल पायो ?

    प्रश्न नम्बर ३: शवको प्रकृति हेर्दा र घटनास्थलको विश्लेषण गर्दा त्यहा हत्यारा र मृतक बिच घम्साघम्सी भएको हुन सक्ने देखिन्छ । चोरीको नियतले यस्तो घटना भएको थियो भने बैङ्कका चेक र केही थान कागजपत्र किन र कसरी घटनास्थल नजिकै फालियो ?

    प्रश्न नम्बर ४: तालिम प्राप्त कुकुर पूर्वको सिस्ने खोलामा पुगेर रोकिनु र फर्किएपछि घटनास्थलमा पुगेपछि पटक पटक बाथरुम तिर किन गयो ?

    यी र यस्ता प्रश्नको जवाफ अनुसन्धानपछि नै आउला तर, यी प्रश्न सबैका मनमा उब्जिएकै हुन्। मृतकको घरमा रहेका कुनै पनि सामग्री चोरी नभएको साथै मृतक महिला र हत्यारा बिच केही हातपात भए जस्तो अनुसन्धानले देखाएको छ। यस्तै शवको छेउमा लुगाहरू छरिएको अवस्थामा रहेको समेत फेला परेको बताइएको छ। यस्तै, अनुसन्धानको क्रममा प्रहरीले घर पछाडि रहेको धान बारीमा कृषि विकास बैङ्कको चेक समेत भेटाएको छ भने बाथरुममा १० रुपैयाँको नोट फेला पार्नुका साथै बाल्टिनमा ज्याकेट भिजाएर राखिएको र जमिनमा लागेको रगत पुछेको जस्तो देखिएको छ।

    यसैबिच आज मृतकको शव पोस्टमार्टमपछि झापामै ल्याएर अन्त्येष्टि गरिँदै छ। सोमबार राति करिब साढे ११ बजे उक्त शव प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुल्का तयार पारी पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो। – रासस

    प्रतिकृया दिनुहोस्

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ...

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण...

    सुनको मूल्यमा वृद्धि चाँदी स्थिर

    काठमाडौं, जेठ ५ – नेपाली बजारमा आज पुनः सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार...