News Portal

भोजपुरका सांसद सुदन किराँतीले विपन्न परिवारलाई जस्तापाताको छानो

हिमालीसंचार संवाददाता
५२४ पटक

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सुदन किराँतीले आफ्नो ब्यक्तिगत खर्चमा भोजपुरका स्थानीय एक विपन्न परिवारको घरको छानो जस्तापाता राखी फेरिदिएका छन्। 

सांसद राईले साल्पासिलिछो गाउँपालिका ५ दोभानेका उत्तरकुमारी राईको घर एक महिनाको तलब खर्चेर जस्तापाताले छाइदिएका हुन्। स्थानीय ४२ वर्षीया उत्तरकुमारी एक छोरा र दुई छोरीको साथमा बस्दै आएकी छिन् । श्रीमान् विगत दश वर्षदेखि बेपत्ता छन्। एउटा आँखा पनि राम्रो देख्दिनन्। बनिबुतो गरेर पेट पाल्दै आएका उनीहरू बस्ने घरको टुंगोसमेत राम्रो थिएन। 

स्थानीय गाउलेको सहयोगमा घर बनाइदिएका थिए। छानो छाउन राम्रो आय स्रोत थिएन। यो समस्या सांसद किराँतीले थाहा पाएपछि आफ्ना तलबबाट जस्तापाताको छानो हालिदिएका हुन्। स्थायी छानो पाएपछि विपन्न परिवारमा अहिले खुसी छाएको छ।

गाउँलेहरुले घर त बनाइदिनुभयो, तर छानो हाल्न सकेका थिएनौँ,’ गहभरी आँसु टिलपिल पार्दै उत्तरकुमारी बोलिन्, ‘हामी घरभित्रै पनि रुझ्दै बस्नुपर्थ्याे। हाम्रो दुःखमा घरैमा आएर सांसद राईले सहयोग गर्नुभएको छ, हामी अत्यन्तै खुसी भएका छौँ।

सांसद किराँतीले पनि सहयोग गर्न पाएकोमा निकै खुसी मिलेको बताए। ‘घरबारविहीन परिवारलाई मेरो एक महिनाको तलबसुविधा दिँदा उहाँहरू खुसी हुनुहुन्छ भने किन नदिने ?’ किराँतीले भने, ‘उहाँहरू छानो पाएर खुसी हुनुभयो, म उहाँहरूको खुसी देखेर झन् खुसी भएँ।

सांसद सुदन किराँतीले कम्तीमा महिनाको एकपटक आफ्नो निर्वाचन क्षेत्र पुगेर नागरिक र कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सुखदुःखमा साथ दिने गरेका छन्। रासस 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...