१९ असोजदेखि तातोपानी नाका खुल्ने !

काठमाडौं – सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ। प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले साउन १९ गते (सेप्टेम्बर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने जानकारी दिए।मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो।
दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए। नाका खोल्ने विषयमा सहमति भएको हो, उनले भने। उनीहरुले (चिनियाँ पक्षले) सेप्टेम्बर ४ तारेखसम्म तयारी पूरा गर्छन् र ५ तारेख (असोज १९ गते) बाट सामान हाम्रोमा आइपुग्छ।
नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ। हामीले सामान लोड गर्ने मान्छे तयार पार्नुपर्छ। २५ जनाको ग्रुप यसअघि नै थिए। थप २९ जनाको ग्रुप तयार पार्छौं।प्रजिअ ढकालले भने।
सामान लोड अनलोड गर्ने मजदुरको हरेक ५/५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको प्रजिअ ढकालले बताए।
















