News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सम्झना कामीको अझै उठेन शव !

    हिमालीसंचार संवाददाता
    ३३१ पटक

    वझाङ – बलात्कारपछि हत्या भएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन। घटना भएको साता दिन भईसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै परिवारले शव उठाउन मानेका छैनन।

    प्रहरीले बलात्कार र हत्यामा संलग्न व्यक्तीलाई पत्ता लगाइ सकेको भने पनि अभियुक्तले अपराध स्विकार नगरेको र प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा पक्राउ परेका व्यक्ती राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन भन्ने खालको आसय नआएको भन्दै परिवारले शव उठाउन नमानेको हो।

    ‘प्रहरीले प्रेस विज्ञप्ती भनेर एउटा पर्चा हामीलाई थमाएको छ। त्यसमा राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान भईरहेको भन्ने लेखेको छ’ सम्झनाका काका इश्वर विकले भने ‘प्रहरीले पनि अनुसन्धानकै क्रममा छौं। उसले अपराध स्विकारेको छैन। केश जता पनि मोडिन सक्छ भनेर दुइ धारे कुरा गरिरहेको छ। यो कतै अपराधीलाई उम्काउने खेल त हो की ? भन्ने शंका छ। यही नै अपराधी हो भन्ने विश्वासिलो कुरा नआउन्जेल हामी लास उठाउदैनौ’।

    घटना भएको भोलिपल्ट नै (असोज ८ गते) पोष्टमार्टम गरिएको सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ। शव राख्ने फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए।

    यता जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले अभियुक्तले अपराध स्विकार नगरेको भए पनि प्रहरीले राजेन्द्र नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटाई सकेकोले अपराधी उम्किनेमा शंका नगर्न आग्रह गरे।

    प्रहरीले राजेन्द्रलाई अनुन्धानको लागि अदालतबाट म्याद थप गरेको र घटनाको विभिन्न कोणबाट अनुसन्धान भैरहेको उनले बताए। ‘राजेन्द्र बोहरा नै अपराधी हो भन्ने धेरै आधार र प्रमाण जुटाइ सकेका छौ’ उनले भने ‘उसले अपराध अस्विकार गर्न मात्रै होइन। म बोल्दै बोल्दिन भन्न पनि पाउँछ।

    घटनाको थप अनुसन्धानको लागि केन्द्रिय अनसन्धान व्युरो (सिविआई) बाट डिएसपी पञ्चकुमार बाखुको नेतृत्वमा टोली आएको छ। बाखु नेतृत्वको टोली सोमबार घटनास्थलको अनुसन्धानमा खटिएको डिएसपी खड्काले बताए। उनले संघिय प्रहरी कार्यालयबाट पोलिग्राफ मेसिन र पोलिग्राफ विज्ञ सहितको टोली पनि बझाङ आएको र मंगलबारसम्म राजेन्द्रको पोलिग्राफ परिक्षण गरिने बताए।

    यसै विच छोरीको बलात्कार पछि हत्या भएको थाहा पाउने वित्तिकै भारतको व्यंङलोरबाट बझाङ आएका सम्झनाका बुवा विकास कामीलाई कोरोनाको संक्रमण पुष्टी भएको छ। सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनमा जिल्ला अस्पताल बझाङमा गरिएको परिक्षणमा संक्रमण पुष्टी भएको हो।

    क्वारेन्टाइनमा बसेका उनलाई भेटनको लागि थुप्रै व्यक्तीहरु सम्पर्कमा गएको देखिएको र उनिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआर परिक्षण गर्ने काम भईरहेको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ।

    घटना थाहा पाउने वित्तिकै श्रीमती र दुई छोराछोरी भारतमै छोडेर बझाङ आएका विकास विक्षिप्त अवस्थामा रहेका छन। उनले घटना भएको दिन देखी खाना पनि नखाएको र छोरीलाई सम्झेर विलाप गर्ने गरेको उनका भाई इश्वरले बताए। बडिमालिकाखबरबाट।

    प्रतिकृया दिनुहोस्

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ...

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण...

    सुनको मूल्यमा वृद्धि चाँदी स्थिर

    काठमाडौं, जेठ ५ – नेपाली बजारमा आज पुनः सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार...