News Portal

बिगत १० बर्षदेखि दुई छाेराले छाडेपछि आमाबुबाको बिचल्ली

हिमालीसंचार संवाददाता
४८२ पटक

रबिन्द्र बराल, मोरङ – मोरङको रंगेली नगरपालिका ४ स्थित आमताेला नजिकै बसाेवास गर्दे आएका ७३ बर्षिय कहदर कर्मकार   उनको श्रीमती ६५ बर्षिय फुलमणि कर्मकार बिगत ३० बर्ष अगाडीदेखि एक कठ्ठा अैलानी जग्गामा सानाे झुपडी भित्र दुख सुख गरेर बसाेवास गर्दे आईरहेका यी परिवार अहिले अर्कोकाे घरमा आस्रय लिन बाध्य रहेका छन।केही दिन अगाडी आएकाे अविर वर्षाका उनको सानो झुपडी समेत पानीले लडाएपछि उनीहरु अहिले गत हप्तादेखि  स्थानीय ललित राईकाे घरमा शरण लिएर बसेका छन्।

  उनका ४० बर्षका जेठा   छाेरा हिरालाल कर्मकर र ३५ बर्षका कान्छा छाेरा लक्ष्मण कर्मकार   बिगत १० बर्ष अगाडीदेखि घरबाट हिडेको र अहिलेसम्म दुई छाेराले  भेटघाट हेर बिचार समेत गर्ने नआएकाे  आमाले देखेसाे पाेखिन। 

अहिले उनीहरुकाे घर पानीले लडाएपछि खुल्ला आकाश मुनी बस्न बाध्य रहेका छन। बृद्घ आमा  दैनिकी अरुकाे घरमा गएर भाडा कुडा माेलेर श्रीमान र आफू पालिदै आएता पनि केहिदिन अगाडी आएकाे पानीले घर समेत भत्किएपछि थप समस्यामा परेका हुन्।उनले भनिन् अरुकाे घरमा कति दिन बस्नु, खानु आफुलाई नै अप्ठ्यारो लागिरहेको समेत उनले बताईन।

बिगत १० बर्षदेखि अहिलेसम्म श्रीमान र मेराे जिउमा गाउघरमै स्थानीयहरुले दिएकाे पुरानाे लुगा लगाउदै आएकाे र अहिलेसम्म नया लुगा लगाएकाे त अनुहार नै नदेखेको भन्दै आँखाबाट आँसु बदाउछिन्। अहिले बृद्घ अबस्थामा पुगेपछि श्रीमान र मेराे कम्बर दुख्ने समस्या थपिदै गरेपछि अब कसरी आफु बाँच्नु भन्दै बिलाैना समेत गरिरहेकी छिन। 

अहिले उनीहरुकाे घरमा रहेकाे रहेको खाद्यान्नय, लत्ताकपडा  समेत पानीले बिग्रिएपछि अहिले उनीहरु उक्त लत्ताकपडा सुकाउन र भत्किएको घरलाई स्याहारसुसार गरिरहेका छन । अब घर समेत कसरी बनाउने हाे भन्दै थप चिन्तित अवस्थामा रहेका छन ।

सो, वडाका अध्यक्ष भुपेन्द्र मंण्डललाई जानकारी गराएता पनि उनी ३ दिन पछि मात्रै  साे ठाउँमा पुगेको उनले बताईन । वडा कार्यलयले साे परिवारलाई सहयोगकाे लागि नगरपालिकामा सिफारिस गरेता पनि नगरपालिकाबाट भने ६ दिन बितिसक्दा समेत कुनै चासाे नदेखाएका उनले बताए।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...