News Portal

  • बिगत १० बर्षदेखि दुई छाेराले छाडेपछि आमाबुबाको बिचल्ली

    हिमालीसंचार संवाददाता
    ४०५ पटक

    रबिन्द्र बराल, मोरङ – मोरङको रंगेली नगरपालिका ४ स्थित आमताेला नजिकै बसाेवास गर्दे आएका ७३ बर्षिय कहदर कर्मकार   उनको श्रीमती ६५ बर्षिय फुलमणि कर्मकार बिगत ३० बर्ष अगाडीदेखि एक कठ्ठा अैलानी जग्गामा सानाे झुपडी भित्र दुख सुख गरेर बसाेवास गर्दे आईरहेका यी परिवार अहिले अर्कोकाे घरमा आस्रय लिन बाध्य रहेका छन।केही दिन अगाडी आएकाे अविर वर्षाका उनको सानो झुपडी समेत पानीले लडाएपछि उनीहरु अहिले गत हप्तादेखि  स्थानीय ललित राईकाे घरमा शरण लिएर बसेका छन्।

      उनका ४० बर्षका जेठा   छाेरा हिरालाल कर्मकर र ३५ बर्षका कान्छा छाेरा लक्ष्मण कर्मकार   बिगत १० बर्ष अगाडीदेखि घरबाट हिडेको र अहिलेसम्म दुई छाेराले  भेटघाट हेर बिचार समेत गर्ने नआएकाे  आमाले देखेसाे पाेखिन। 

    अहिले उनीहरुकाे घर पानीले लडाएपछि खुल्ला आकाश मुनी बस्न बाध्य रहेका छन। बृद्घ आमा  दैनिकी अरुकाे घरमा गएर भाडा कुडा माेलेर श्रीमान र आफू पालिदै आएता पनि केहिदिन अगाडी आएकाे पानीले घर समेत भत्किएपछि थप समस्यामा परेका हुन्।उनले भनिन् अरुकाे घरमा कति दिन बस्नु, खानु आफुलाई नै अप्ठ्यारो लागिरहेको समेत उनले बताईन।

    बिगत १० बर्षदेखि अहिलेसम्म श्रीमान र मेराे जिउमा गाउघरमै स्थानीयहरुले दिएकाे पुरानाे लुगा लगाउदै आएकाे र अहिलेसम्म नया लुगा लगाएकाे त अनुहार नै नदेखेको भन्दै आँखाबाट आँसु बदाउछिन्। अहिले बृद्घ अबस्थामा पुगेपछि श्रीमान र मेराे कम्बर दुख्ने समस्या थपिदै गरेपछि अब कसरी आफु बाँच्नु भन्दै बिलाैना समेत गरिरहेकी छिन। 

    अहिले उनीहरुकाे घरमा रहेकाे रहेको खाद्यान्नय, लत्ताकपडा  समेत पानीले बिग्रिएपछि अहिले उनीहरु उक्त लत्ताकपडा सुकाउन र भत्किएको घरलाई स्याहारसुसार गरिरहेका छन । अब घर समेत कसरी बनाउने हाे भन्दै थप चिन्तित अवस्थामा रहेका छन ।

    सो, वडाका अध्यक्ष भुपेन्द्र मंण्डललाई जानकारी गराएता पनि उनी ३ दिन पछि मात्रै  साे ठाउँमा पुगेको उनले बताईन । वडा कार्यलयले साे परिवारलाई सहयोगकाे लागि नगरपालिकामा सिफारिस गरेता पनि नगरपालिकाबाट भने ६ दिन बितिसक्दा समेत कुनै चासाे नदेखाएका उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

    काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको...

    देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रु वैकल्पिक मार्गमा धपाउन प्रहरीको आग्रह

    काठमाडौं, साउन २५ — अविरल वर्षासँगै आएका बाढी र पहिरोका कारण देशका प्रमुख सात राजमार्ग...

    दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

    दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको...

    पशुपति आर्यघाटमा शव जलाउने क्रममा मासु र हड्डी निकालिएको घटनामा ब्राह्मण पक्राउ

    काठमाडौं, साउन २५ – पशुपति आर्यघाटमा जलाउन लगिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक...

    कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र देउवासँग गम्भीर छलफल

    विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र...