News Portal

कर्णालीसहित अन्य प्रदेशका स्थानिय तहमा रहेका बिद्यालयले गरे पढाई सुरु

हिमालीसंचार संवाददाता
३५७ पटक

सुर्खेत – सरकारले आधिकारिक निर्णय नगरेपनि कर्णालीसहित विभिन्न प्रदेशका स्थानिय तहमा रहेका बिद्यालयले पढाई सुरु गरेका छन।

प्रदेश राजधानी वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम गरेर पढाउन थालेको प्रधानाध्यापक खगेन्द्र थापाले बताउनु भयो।

७० जना क्षमताको कक्षा कोठामा २० जना मात्रै राखेर पढाइएको भन्दै थापाले एउटा बेन्चमा एकजना र झण्डै दुई मिटरको दूरीमा विद्यार्थी बस्ने व्यवस्था गरेको बताउनु भयो। बिहान, दिउँसो र बेलुका गरी तीन वटा सिफ्टमा कक्षा सञ्चालन गरिएको थापाको भनाई छ।

उता, हुम्लाका तीन वटा गाउँपालिकाका ५१ वटा विद्यालयहरुमा पठनपाठन सुरु भएको दुई महिना भइसकेको छ। कोरोना सङ्क्रमणमा कमी आएको भन्दै गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

यस्तै, दैलेखको नारायण नगरपालिकासहित विभन्न तहका बिद्यालयमा पनि पढाई थालिएको छ। केही विद्यालयले पालिकासँगको समन्वयमा पठनपाठन सुरु गरे पनि सरकार भने अझै अलमलमा छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सामान्य अवस्थामा जस्तै गरी अहिले पठनपाठन सम्भव नभएको बताउनु भयो। शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय यसअघि नै गरिसकेको छ।

सरकारले शैक्षिक सत्र खेर जान नदिनका लागि अहिले रेडियो, टेलिभिजन र अनलाइनलगायत वैकल्पिक विधिबाट भईरहेको सिकाइलाई नै निरन्तरता दिन भनेको छ।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...