News Portal

तपाईंको आज असोज १२ गते सोमवारको राशिफल हेर्नूहोस !

हिमालीसंचार संवाददाता
५०७ पटक

वि.सं. २०७७ असोज १२ गते सोमवार || सन्२०२० सेप्टेम्बर २८ तारीख || नेपाल संवत ११४०

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्च लागे पनि व्यापारमा लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नपछि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यापारमा भने फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। मध्याह्नपछि प्रातिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएरै प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट लाभ उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विवादास्पद अभिव्यक्तिले समस्या निम्त्याउला। साेचेकाे समयमा काम पूरा नहुन सक्छ। तापनि अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नपछि प्रतिस्पर्धा बढ्नेछ भने प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन्। मिहिनेतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। अरूका लागि जुट्दैमा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मध्याह्नपछि अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। सुखद् समाचारले उत्साह पनि जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम राेकिने र फजुल खर्च बढ्ने समय छ तापनि केही काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर प्राप्त हुनेछ।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...