News Portal

घाँसपानी गरेर फर्किएको केही छिनमै गाईभैसी मृत

हिमालीसंचार संवाददाता
५४७ पटक

सिन्धुपालचोक– बलेफि गाउँपालिका वडा नम्बर ६ जोगिडाँडाका रुद्रप्रसाद पराजुली शुक्रबार बिहान गाई भैसीलाई खोलेपानी र घाँसपात गरेर घर फर्किएका थिए। खाना खाएर घाँसपानी गर्न गोठ गएका उनले गाई र भैसी दुवै लडिरहेका थिए।

के भयो भनेर हेर्दा हेर्दै उनले भैसी र गाई नै मरिसकेको बताए।वडाध्यक्ष चित्र बहादुर तामाङका अनुसार घर छेउमै गोठ भएका रुद्रप्रसादको गाई र भैसी एक्कासि मरेको बताए। बिहान राम्रै घाँसपात दिएको वस्तुभाउ एक्कासि कसरी मृत अवस्थामा भेटिए यो आश्चार्यलाग्दो कुरा छ।

उनले भने?यो मात्रै होइन जोगिडाँडामा यसअघि यस्तै ४ वटा घटना भएका थिए। ती चारै घटनामा वस्तुभाउ गोठमा नै मरेको पाइएको थियो।वडाध्यक्ष तामाङका अनुसार दुई घटनामा विष दिएर वस्तु मारिएको प्रमाणित भएपनि अहिलेको यो घटना के कारण भयो थाहा हुन सकेको छैन्। वडाध्यक्ष तामाङले आफूलाई जानकारी हुनासाथ गाउँपालिकाको   पशु शाखालाई खबर गरी मृत्यु भएका गाई र भैसीको के कारण मृत्यु भएको हो परीक्षण गर्न नमूना संकलन आग्रह गरे।

सोही अनुसार नै परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको छ। केही दिनमा नै परीक्षणको रिपोर्ट आउने वडाध्यक्ष तामाङले बताए। गाई भैसीको मृत्युका कारण रुद्रप्रसादले दुई लाख रुपैयाँ क्षति भएको बताएका छन्।
सो वापत वडा तथा गाउँपालिकाले उनलाई केही क्षतिपूर्ति दिन नसक्ने बताएका छन्। वडाध्यक्ष तामाङले क्षतिपूर्ति के छ भनेर आफूले पालिकाको पशु शाखामा बुझेपनि त्यस्तो केही व्यवस्था नभएको गाउँपालिकाले बताएको बताए। वडाले भने तत्काल केही क्षतिपूर्ति दिने विषयमा सोच्ने उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...