News Portal

  • खोटाङको खानीडाँडा बिमानस्थलमा उडान सुचारु, लामीडाँडामा भने उडान अनिश्चित

    हिमालीसंचार संवाददाता
    ३८१ पटक

    खोटाङ – खोटाङ जिल्लाको मनमायाँ राई खानीडाँडा बिमानस्थलमा झण्डै ६ महिनापछि उडान सुचारु भएको छ। कोभिड–१९ का कारण अवरुद्ध भएको बिमानस्थलमा शनिबार नेपाल वायु सेवा निगमको जहाजले उडान भरेसंगै सुचारु भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने बिमानस्थलमा हरेक शनिबार र बुधबार गरी दुई दिन उडान हुने नेपाल वायु सेवा निगम खानीडाँडा स्टेशन ईन्चार्ज नरेन्द्र राईले बताए ।

    कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा गत चैत्र ११ गतेदेखि लकडाउन सुरु भएसँगै खानीडाँडा विमानस्थलमा उडान ठप्प भएको थियो। खोटङ जिल्लामा तीन वटा बिमानस्थल भएपछि साविकको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढि प्रयोग हुने गरेको छ ।

    यस्तै, वायु सेवा निगमले खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा पनि आगामी बुधबारदेखि नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको छ । तर, जिल्लाकै जेठो विमानस्थल लामीडाँडाका लागि भने निगमले उडान तालिका सार्वजनिक गरेको छैन ।

    रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा बिमानस्थल रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र ओखलढुंगाका स्थानीयले उपयोग गर्दैआएका छन् । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थल २०७६ साल जेठमा कालोपत्रे गरिएको थियो ।

    खानीडाँडा पुग्ने सडक हिलाम्मे

    मनमायाँ राई खानीडाँडा विमानस्थल नियमित उडानका लागि तयार भए पनि दिक्तेलबाट विमानस्थलसम्म पुग्ने सडकको अवस्था भने नाजुक छ। विमानस्थलसम्म पुग्नका लागि प्रयोगमा आउने दिक्तेल–आहाले (१०.७९ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम भइरहेको छ ।

    कालोपत्रेको काममा ढिलासुस्ती हुँदा र वर्षाका कारण हिलाम्मे हुँदा सो सडकबाट विमानस्थल पुग्न असहज देखिएको युवा व्यवसायी अजय बस्नेतले बताए । ‘विमानस्थल उडानका लागि तयार भएर मात्र पुग्दैन,’ व्यवसायी बस्नेतले भने, ‘विमानस्थल पुग्ने सडकको अवस्था नाजुक छ। सडकको स्तरोन्नती समेत भएको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...