News Portal

  • कुकुरले सुँघेर पत्ता लगाउँछ कोभिड–१९, पिसिआरभन्दा भरपर्दो नतिजा !

    हिमालीसंचार संवाददाता
    ५२० पटक

    एजेन्सी – कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन। विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन्।

    विमानस्थल सञ्चालक फिनाभियाका अनुसार मंगलबारबाट सुधेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ, युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुकुर प्रयोग गरिएको यो पहिलो हो। विश्वमा भने यस्तो प्रयोग दोस्रो हो। दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुर प्रयोग गरिएको थियो।

    कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। फिनाभियाका अनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन्, जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो। हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ। जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ।

    यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुधेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरु यसरी नै परिचालन गरिएको थियो, जहाँ ९१ प्रतिशत सही नतिजा निस्किएको थियो। विमानस्थलका सञ्चालकहरुका अनुसार परीक्षण ल्याबको दाँजोमा कुकुरले अझै चाडों अर्थात् संक्रमित व्यक्तिले लक्षण देखाउनु अधी नै संक्रमित पहिचान गर्छ। 

    कुकुरहरुलाई अपरेशनका लागि तालिम प्रदान गर्ने कम्पनी  वाइज नोजका सिइओ सुन्सान्ना पाभिलाइनेनका अनुसार कुकुहरुको मुख्य प्रयोग देशबाहिरबाट आउने पर्यटकहरुको परीक्षणका लागि गरिन्छ। विमानस्थलमा परीक्षण गरिने यात्रुहरु कुकुरको प्रत्यक्ष सम्पर्कमा भने आउदैंनन्। बरु, यात्रुहरुले आफ्नै छाला कोट्टयाएर त्यसको नमूना एउटा कपमा हालिदिन्छ, त्यसपछि फरक वुथमा रहेको कुकुर समक्ष यो लगिन्छ। परीक्षण वैकल्पिक हो र यात्रुहरु नाम पनि सार्वजनिक गरिदैंन, यात्रुहरुले आफ्नो स्वइच्छाले यसरी नमूना पठाइरहेका छन्। 

    पोजेटिभ परीक्षण भएका यात्रुलाई विमानस्थलभित्रको सिटी हेल्थ इन्फर्मेसन पोइन्टमा पठाइन्छ। यस अपरेशनमा सहभागी अधिकांश कुकुरहरुले पहिले पनि सुँघेर पत्ता लगाउने काम गरिरहेका थिए। फिनाभियाका अनुसार अपरेशनमा सक्रिय कोस्सी नाम एक कुकुरले केवल ७ मिनेटमा सुँघेर कोरोना भाइरस पत्ता लगाउन सक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...