News Portal

कुकुरले सुँघेर पत्ता लगाउँछ कोभिड–१९, पिसिआरभन्दा भरपर्दो नतिजा !

हिमालीसंचार संवाददाता
६०२ पटक

एजेन्सी – कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन। विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन्।

विमानस्थल सञ्चालक फिनाभियाका अनुसार मंगलबारबाट सुधेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ, युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुकुर प्रयोग गरिएको यो पहिलो हो। विश्वमा भने यस्तो प्रयोग दोस्रो हो। दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुर प्रयोग गरिएको थियो।

कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। फिनाभियाका अनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन्, जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो। हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ। जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ।

यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुधेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरु यसरी नै परिचालन गरिएको थियो, जहाँ ९१ प्रतिशत सही नतिजा निस्किएको थियो। विमानस्थलका सञ्चालकहरुका अनुसार परीक्षण ल्याबको दाँजोमा कुकुरले अझै चाडों अर्थात् संक्रमित व्यक्तिले लक्षण देखाउनु अधी नै संक्रमित पहिचान गर्छ। 

कुकुरहरुलाई अपरेशनका लागि तालिम प्रदान गर्ने कम्पनी  वाइज नोजका सिइओ सुन्सान्ना पाभिलाइनेनका अनुसार कुकुहरुको मुख्य प्रयोग देशबाहिरबाट आउने पर्यटकहरुको परीक्षणका लागि गरिन्छ। विमानस्थलमा परीक्षण गरिने यात्रुहरु कुकुरको प्रत्यक्ष सम्पर्कमा भने आउदैंनन्। बरु, यात्रुहरुले आफ्नै छाला कोट्टयाएर त्यसको नमूना एउटा कपमा हालिदिन्छ, त्यसपछि फरक वुथमा रहेको कुकुर समक्ष यो लगिन्छ। परीक्षण वैकल्पिक हो र यात्रुहरु नाम पनि सार्वजनिक गरिदैंन, यात्रुहरुले आफ्नो स्वइच्छाले यसरी नमूना पठाइरहेका छन्। 

पोजेटिभ परीक्षण भएका यात्रुलाई विमानस्थलभित्रको सिटी हेल्थ इन्फर्मेसन पोइन्टमा पठाइन्छ। यस अपरेशनमा सहभागी अधिकांश कुकुरहरुले पहिले पनि सुँघेर पत्ता लगाउने काम गरिरहेका थिए। फिनाभियाका अनुसार अपरेशनमा सक्रिय कोस्सी नाम एक कुकुरले केवल ७ मिनेटमा सुँघेर कोरोना भाइरस पत्ता लगाउन सक्छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...