News Portal

इटहरी उपमहानगरद्वारा लैनो गाई भैँसीलाई सुत्केरी भत्ता

हिमालीसंचार संवाददाता
४०८ पटक

धरान –  इटहरी उपमहानगरले स्थानीय  कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले लैनो गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।

इटहरी उपमहानगर पशुपंक्षी शाखा प्रमुख दुर्गालाल श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा पनि ३० वटा गाई भैँसीलाई सुत्केरी भत्ताको दिइएको थियो।

पशु बिमा गरेका पशुपालन किसानलाई गाई भैसी सुत्केरी भएपछि २५ सयका दरले भत्ता दिने गरिएको क्षेष्ठले बताए । कृषकहरूले पालेका गाई भैँसीलाई लैनो अवस्थामा पोषक खानेकुरा र भिटामिन दिएर दूधको उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रोत्साहन स्वरूप भत्ता दिन थालिएको उपमेयर लक्ष्मी गौतमले बताइन ।

चालु आर्थिक वर्षमा सय वटा लैनो पशुकालागि भत्ता दिन बजेट विनियोजन गरिएको उपमेयर गौतमले बताइन । लैनो पशुलाई भत्ता दिएर पशु बिमामा पनि प्रोत्साहन मिलो भन्ने उद्देश्यले भत्ता योजना राखिएको शाखा प्रमुख श्रेष्ठले बताए ।

यो आर्थिक वर्षमा २५ सय मूल्य बराबरको भिटामिन र पोषणयुक्त पशु खाद्य सामग्री खरिद गरेर वितरण गर्ने योजना समेत रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...