News Portal

भरतपुर अस्पताल वार्डभित्रै पानी पसेपछि

हिमालीसंचार संवाददाता
४६४ पटक

चितवन – भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन्। चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ ।ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीय बताउँछन्। पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुवानको समस्या हुने गर्दछ।

लगातार दुई दिनसम्म पानी पर्दा भरतपुर अस्पतालसँगै प्रायः सबै सरकारी कार्यालयहरु डुवानमा परेका छन्। भरतपुर महानगरपालिका अधिकांश वडा पनि जलमग्न भएका छन्।चार वर्ष अघि पनि अस्पतालको स्टोर कक्षमा पानी पसेको थियो । तर बिरामी राखिएकै कोठामा पानी पसेको भने यही वर्ष हो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...