News Portal

दैलेखमा चेलिवेटी वेचविखन र छाउपडी बिरुद्ध तिज प्रतियोगिता

हिमाली संचार संवाददाता
१४३३ पटक

प्रविन शाही
दुल्लु : हिन्दु नारीको महान चाड हरीतालिका तिजको अबसरम देशैभरी विभिन्न कार्यक्रम गरीएको छ। सोही क्रममा दैलेख पश्चिम गाउपालीका ठाटिकाँध गाउपालीकामा पनि हरेक बर्ष झैँ यो बर्ष छाउपडी, वालविवाह , चेलीवेटी, वेचविखनका विरुद्ध तीज प्रतियोगिता गरेर कार्यक्रम सम्पन्न भएको छ ।

गाउपालीकाको वडा नँ १ र ६ को सयुक्त आयोजनामा भएको कार्यक्रममा ठाटिकाँध महिला समुह प्रथम, मालीका महीला समुह दोस्रो, प्रगतिशील बालसमूह तेस्रो र लामामेला समुहले शान्तोना स्थान ओगटन सफल भएका थिए ।

कार्यक्रममा बोल्दै वडा न. १ का वडा अध्यक्ष तथा प्रमुख अतिथी नर्तम बुढाले भन्नुभयो हरेक नारीहरु महिला हिँसा, छाउपडी लगाएतका हरेक कुराहरु न्यूनीकरणमा हरेक महीलाहरु एकताको सुत्रमा बाधिन आबाश्यक छ ।

अझैपनि महिलाहरु निकै दबाबमा बाचिरहेकाछन अझ भन्नुपर्दा पश्चिकी भागका अझै महिलाहरु निमै तल रहेका छन । यहाको हरेक क्षेत्रमा महिलाको गहन भुमिका न्युन देखिन्छ । महीलाहरुको लागी चेतनामुलक कार्यक्रम आफनो वडाले आगामी दिनमा प्रमुख्ताका साथमा अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो । साथै आफनो कला संस्कृतिको जगनार्थ लोक परम्परा सम्बन्धि मौलिक तिजका भावहरु सुन्न पाउदा आजको दिनमा अझै थप महिलाको लागी राम्राराम्रा कार्य गर्न होसला दिएकोमा  निकै खुःसी भएको बताउनुभयो ।

तेस्तै कार्यक्रमका अध्यक्ष भुमिशुद्धा वि.क.ले भन्नुभयो रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, बुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान, समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् हो ।

महिलाहरु भनेका घरको प्रतिक मानेता पनि अझै समय अनुरुप परीर्वतन हुन सकिरहेका छैनन । बाल हिँसा जातिय भेदभाव, महिला परीर्वतनशिल हुन सकिरहेका छैनन । सबै हिँसात्मक कार्यहरुर्लाइ न्युन गर्न महिलाहरुमा एकरुप्ता आउनु पर्नैमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...