News Portal

  • जग्गा नाममा पास नहुँदै स्वास्थ्य चौकीको भवन निर्माण प्रक्रिया सुरु

    ४२८ पटक

    गाेविन्द केसी/यामराज विष्ट दैलेख – नारायण नगरपालिका दैलेखले आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि हतारहतारमा जग्गापासविनै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण चरणमा पुगेको छ। आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि नारायण नगरपालिका-६ विजौरामा जग्गा स्वास्थ्यचौकीको नाममा पास नभई ठेक्का मार्फत घर ढलान भएको हो।

    नियम कानुनको अधिनमा रहेर ठेक्का प्रक्रिया हुनुपर्नेमा स्वास्थ्यचौकीको नाममा जग्गा नआउँदै हतारहतारमा निर्माण चरण हुनुले नगरप्रमुखदेखी कर्मचारीको कार्यशैलीमा प्रश्न खडा भएको छ। उक्त जग्गा तुलसा थापाको नाममा रहेको छ।

    उनले ५ लाख रुपैँया ऋणमा कृषि विकास बैंक उक्त जग्गा धरौटी राखेकी छिन्। ३ लाख १० हजार रुपैँया बैंकमा बुझाएकी छिन्। जग्गा तुलसाको नाममा आउन १ लाख ९० हजार रुपैँया बैंकलाई दिनुपर्ने देखीन्छ।

    तुलसाको नाममा उक्त जग्गा आएपछि अनि आधारमुत स्वास्थ्य सेवा केन्द्रको नाममा दान हुनेछ तर, हतारमा सवै प्रक्रिया मिचेर टेण्डर मार्फत भवन निर्माण थालिएको हो। अहिले पुष समान्तमा भवन निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ।

    जग्गा कृषि विकास बैंकमा राखेको छु। अँझ तिर्न बाँकी रहेकाले आफ्नो नाममा जग्गा आएपछि स्वास्थ्य चौकीको नाममा दिने तुलसाले बताईन। ३७ लाखको स्टेमेट भएपनि ठेक्का मार्फत भ्याट सहित २९ लाखमा सम्झौता भएर भवन निर्माण कार्य भएको हो।

    श्रोतका अनुसार नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले जग्गा पास नहुँदै जवरजस्ती ठेक्का प्रक्रियामा लिन दवाव दिएको बुझिएको छ। जग्गा स्वास्थ्यचौकीको नाममा नआई ठेक्का प्रक्रिया नै हुन नसक्ने नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बुढाले बताए।

    कसरी ठेक्का भो त्यो मलाई थाहा भएन्। प्रमुख प्रशासकिय अधिकृत बुढाले भने, दान दिएको जग्गा भन्ने सुनेको हो। जग्गा पास भएनभएको थाहा भएन्। म प्रमुख नहुँदै अघिल्लो आर्थिक वर्षमा ठेक्का भएको हुनसक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय...

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...