आज : २०२६-०९-२७, आइतबार

जुगल ईसाई एकता समाजले चनौटे ध्यादुङका विस्थापित परिवारलाई खाद्यान्न सहयोग

दुर्गा श्रेष्ठ, सिन्दुपाल्चोक – जुगलका सोम छिरिङ्ग तामाङको पहलमा  जुगल ५ चनौटे ध्यादुङका पहिरोका कारण विस्थापित परिवारलाई खाद्यान्न लगायत राहत सामग्री वितरण गरिएको छ।

 बुधबार जुगल ईसाई  एकता समाजले पहिरोबाट विस्थापित भएका वडा नम्बर ५ का २० परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । पीडित परिवारलाई चामल, नुन, तेल, र दाल वितरण गरिएको   जुगल ईसाई एकता समाजको सचिव सोम छिरिङ्ग तामाङले हिमाली संचारसंगको कुराकानीमा बताए । 

राहत वितरणका लागि जुगल ५ का वडा सदस्य पदम कुमारी विक, जुगल इसाई समाजको सचिव सोम छिरिङ्ग तामाङ स्थानीय बुद्धिजीवी समाज सेवा लगायतको उपस्थितिमा राहत वितरण गरेको थिए।  

राहत पाएपछि आफूलाई केही दिनको लागि खाद्यान्न समस्या नहुने भन्दै पहिरोबाट विस्थापितहरु खुशी भई पास्टर दिपक घलेलाई धन्यबाद समेत दिएको जानकारी हिमाली संचारको कुराकानीमा बताएका हुन् ।