News Portal

तीजमा महिलाद्धारा महिलाको बञ्चरो प्रहार गरी हत्या

हिमाली संचार संवाददाता
९०२ पटक

म्याग्दी– दिदी बहिनीबीच दुःख–सुख साट्ने महान हरितालिका तीजमा महिलाद्धारा महिला माथि जघन्य प्रकारको हिंसाको खबरले म्याग्दी जिल्लामा सन्नाटा छाएको छ । मंगलबार दर खाने दिन म्याग्दीको    मालिका गाउँपालिका वडा नम्वर–१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेलले छिमेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई हत्या गरेकी हुन् ।

ती महिलाले मंगलबार साँझ बाटो हिडिरहेकी बुहारीलाइ बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । लोकमायाको हत्या गरेको आरोपमा ती महिलालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकबहादुर गुरुङ्गले जानकारी दिए ।

के विवादमा हत्या गरिएको रहेछ  भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रवक्ता गुरुङ्गले भने– ‘त्यो भने बुझ्न बाँकी छ, टाउकोमा बञ्चरो प्रहार गरी घटना स्थलमै हत्या गरेको हो । उनलाई पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान अगाडी

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...