News Portal

नेकपाले विराटनगरमा साढे ८ हजार मास्क वितरण गर्‍यो

हिमालीसंचार संवाददाता
३८२ पटक

विराटनगर – नेपाल कम्युनिस्ट पार्टी नेकपा विराटनगरले विराटनगरका साढे ८ हजार सर्वसाधारण मास्क वितरण गरेको छ ।नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको हो ।

यसअघि विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा नेकपाका नेता कार्यकर्ताले मास्क वितरण गरेका थिए । हालसम्म हामीले ८ हजार ५ सय सर्वसाधारण जनताहरुलाई मास्क वितरण गरेको नेकपा विराटनगरका अध्यक्ष सागर थापाले बताए ।

नेकपा विराटनगरका सचिव हेम कार्कीका अनुसार मास्क वितरण बाहेकका अरू अभियान पनि जारी रहेको छ । नेकपा विराटनगर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा सचेतनाका लागि नेकपाले होम आइसोलेसनमा बसेकाहरूलाई सहायता प्रदान गर्ने, सडकमा हिडिंरहेका मानिसलाई सर्जिकल मास्क वितरण गर्ने, कोरोना संक्रमण तथा रोकथामको लागि सरकारी निकायलाई सल्लाह सुझाव दिने काम गरिरहेको उनको भनाइ छ ।

त्यस्तै, नेकपाले विराटनगरको वडा नं. ६ का ५० जना कोरोना संक्रमित र उनका परिवारलाई भेटेर अमृत चिया, चेवनप्रास, बिस्कुट र गेडागुडीको प्याकेज वितरण गरेको छ । 

राहत प्याकेज तथा मास्क खरिदका लागि नेकपा जिल्ला कमिटी सदस्य तथा विराटनगरका व्यवसायी गिरेन्द्र कार्कीले सहयोग  गरेका हुन। विराटनगरका करिब १ हजार बढी संक्रमित घरमा पुगेर अवस्थाबारे जानकारी लिने र सहयोग गर्ने गरेको सचिव कार्कीको भनाइ छ । 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...