News Portal

क्याप्टेन विजय लामाको भिडियो सन्देश : कोरोनालाई हल्का रुपमा नलिन आग्रह (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाण्डौ – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। क्याप्टेन लामा स्टार अस्पतालको आइसोलेशनबाट एक भिडियो सन्देशमार्फत सबैलाई सो आग्रह गरेका हुन् ।

क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जानकारी दिँदै कोरोना लाग्दैमा नआत्तिन आग्रह समेत गरेका छन् । भिडियो सन्देशमा उनले भनेका छन्ः ‘मलाई कोरोनाले यति सिरियस पार्ला भन्ने लागेको थिएन तर चिकित्सकहरुको रिपोर्ट हेर्दा मेरो केस सिरियस रहेछ। म एकदमै कन्सेस भएको बेलामा त यति धेरै गाँजेको छ भने यसलाई सामान्य रुपमा लिने मेरो मित्रहरुलाई ख्याल ख्याल नगरिदिन आग्रह गर्दछु ।’

क्याप्टेन लामाले जीवन रहे मात्र सबैथोक रहने भएकोले यसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । क्याप्टेन लामाले आफु छिट्टै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने जानकारी दिएका छन्। लामाले आफू स्वस्थ्य हुनुमा स्टारर अस्पतालका सम्पूर्ण चिकित्सक टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद व्यक्त गरेका छन् । 

लामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होटल सोल्टीमा सेल्फ आइसोलेशनमा रहँदै आएको थिए। रोगले बढी गाँज्न थालेपछि अहिले स्टार अस्पतालमा चिकित्सकहरुको निगरानीमा अहिले आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...