News Portal

क्याप्टेन विजय लामाको भिडियो सन्देश : कोरोनालाई हल्का रुपमा नलिन आग्रह (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाण्डौ – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। क्याप्टेन लामा स्टार अस्पतालको आइसोलेशनबाट एक भिडियो सन्देशमार्फत सबैलाई सो आग्रह गरेका हुन् ।

क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जानकारी दिँदै कोरोना लाग्दैमा नआत्तिन आग्रह समेत गरेका छन् । भिडियो सन्देशमा उनले भनेका छन्ः ‘मलाई कोरोनाले यति सिरियस पार्ला भन्ने लागेको थिएन तर चिकित्सकहरुको रिपोर्ट हेर्दा मेरो केस सिरियस रहेछ। म एकदमै कन्सेस भएको बेलामा त यति धेरै गाँजेको छ भने यसलाई सामान्य रुपमा लिने मेरो मित्रहरुलाई ख्याल ख्याल नगरिदिन आग्रह गर्दछु ।’

क्याप्टेन लामाले जीवन रहे मात्र सबैथोक रहने भएकोले यसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । क्याप्टेन लामाले आफु छिट्टै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने जानकारी दिएका छन्। लामाले आफू स्वस्थ्य हुनुमा स्टारर अस्पतालका सम्पूर्ण चिकित्सक टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद व्यक्त गरेका छन् । 

लामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होटल सोल्टीमा सेल्फ आइसोलेशनमा रहँदै आएको थिए। रोगले बढी गाँज्न थालेपछि अहिले स्टार अस्पतालमा चिकित्सकहरुको निगरानीमा अहिले आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...