News Portal

  • खोटाङको खोटेहाङ गाउपालिकामा केन्द्रिय विद्युत लाइन विस्तार

    हिमालीसंचार संवाददाता
    ३८४ पटक

    खोटाङ – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-२, वाप्लुखामा केन्द्रिय विद्युत विस्तार गरिएको छ। जिल्लाका स्थानीय तहमा विद्युत विस्तारको कामलाई तिव्रता दिएको गाउँपालिकाले वाप्लुखामा केन्द्रिय प्रशारण लाइन अन्तरगतको विद्युत विस्तार गरेको हो ।

    आर्थिक वर्ष २०७५/०७६ सालमा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख, नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराएको १ करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा विद्युत विस्तार गरिएको हो। वाप्लुखामा आयोजित एक कार्यक्रममा आईतबार गाउँपालिकाका अध्यक्ष प्रदीप राईले रिवन काटेर विद्युत उद्घाटन गरेका हुन् ।

    गाउँपालिकाका अनुशार वाप्लुखाको सुम्लेखा र काम्दाखाका क्षेत्रमा विधुत सेवा विस्तार गरिएको हो। वाप्लुखाका अन्य टोलमा पनि विद्युत जडानका लागि तिब्रता दिइएको गाउँपालिका अध्यक्ष राईले बताए। विद्युत उद्घाटनकाक्रममा गाउँपालिकाका उपाध्यक्ष कविता राई लगायत वाप्लुखा पुगेका थिए ।

    खोटेहाङ गाउँपालिकाले हाल विद्युतको पहुँच पुग्न बाँकी तीन वडामा विद्युत पुर्याएको हो। गाउँपालिका अध्यक्ष राईका अनुसार अव खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई मात्र विद्युत लाइन विस्तार गर्न बाँकी रहेको छ। लिकुवापोखरीको सिमासम्म मेनलाइन विस्तार भइसकेको छ। खोटेहाङ गाउँपालिकाको ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत पुगिसकेको छ ।

    आगामी आर्थिक वर्ष सबै वडामा विद्युत विस्तारको कामलाई पुरा गरिने गाउँपालिका अध्यक्ष राईले बताए। विद्युत विस्तारका लागि चालु आर्थिक वर्ष १ करोड विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

    ‘हामी निर्वाचित भएको बेला खोटाङबजार, सिमपानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युतको मेनलाइन मात्र विस्तार भएको अवस्था थियो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत पुगिसकेको छ। बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तिव्र बनाएका छौँ । आगामी आर्थिक वर्ष सबै वडामा विद्युत पुर्‍याउने हाम्रो लक्ष्य छ ।’ 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...