News Portal

पुस मसान्तसम्म गेउरिया पुल निर्माण नभए सराउद्विन जेबि कालाे सुचिमा जाने

हिमालीसंचार संवाददाता
४७२ पटक

रबिन्द्र बराल, मोरङ – मोरङको रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गाेउरीया पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत उक्त ठाउँमा पुल निर्माण हुन सकेकाे छैन ।

वि.स. २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँमा पुल निर्माणकार्यका लागि ठेक्का पाएकाे थियोे । उक्त कम्पनीले उक्त पुलकाे ३ फिट मुनिबाट पिलरकाे काम गरेता पनि ६ बर्ष बितिसक्दा समेत पुलको १ प्रतिशत समेत काम भने भएको छैन ।   

डाइभ्रेसन समेत राम्रो नहुदा स्थानीयलाई  आवतजावतमा समस्या हुदै आईरहेकाे छ। सिंहदरबारको अधिकार गाउँमा पुगेको पनि ३ बर्ष पुगेता पनि जनताले  पुल निर्माण भएको भने हेर्ने पाएका छैनन् । अहिलेसम्म पुल बनाउने ठेक्का लिएर छाडेको ठेक्केदारलाई कुनै कार्वाही भने हुन सकेको छैन।

सरकार विभिन्न कन्ट्रकसनहरुलाई काम नगरेकालाई कार्वाही गरेता पनि सराउद्विन जेविलाई भने ६ बर्ष देखि अलपत्र छाडेको भएता पनि सरकारले अहिलेसम्म पनि किन कार्वाही गर्ने नसकेको स्थानीयले बताए । 

सडक डिभिजन कार्यलय माेरङका प्रमुख पशुपति ज्ञवालीका अनुसार नेपाल सरकारले काम नगरेर बसेको अवस्थामा सार्वजनिक नियम खरिद सम्साेधनमा एक पल्टकाे लागि सबै राज्यले एक पल्टको लागि समय दिएकाे हुनाले गेउरिया पुलको निर्माणकार्यका लागि पुस मसान्तसम्मका लागि समय दिएकाे र असाेज  साता देखि काम सुरु गर्ने    अब पनि काम सुरु नगरेमा उक्त कम्पनीलाई कालाे सुचिमा राख्ने समेत चेतावनी दिएकाे ज्ञवालीले बताए । 

दैनिकी सयौं सवारीसाधनहरु आवतजावत गर्ने साे सडकमा  अहिले पुल निर्माण नहुदा यात्रुहरुले समस्या झेल्दै आईरहेका छन। लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरीको सडक कालोपत्रे गर्नेकामको अन्तिम चरणमा पुगेता पनि गेउरीया पुल  भने बन्न सकेको छैन । 

अहिले रंगेली नगरपालिका भित्र काे ६ किलोमिटर सडकमा कालाेपत्रे काे काम असाेज भित्रमा सम्पन गरिने र फुटपातको काम दुई महिना भित्र सम्पन्न गरिने लामा डाँफे द कन्चनजंधा कन्ट्रसनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए ।

उक्त सडक ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हाे। पिच गरिएको दायाँ बायाँ २ मिटर ग्राभेल लगाई सकेको छ ।२०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि  काेराना भाईरस का कारणले गर्दा काम भने सम्पन्न हुन ढिलाइ भएको लामाले बताए। 

कानेपाेखरी देखि रंगेली सम्म २५.४ किलोमिटर लम्बाईको योजनामा कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लागेको थियो ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...