News Portal

विधार्थी सिकाइ सहजीकरणको तयारी गर्दै विधालयहरु

हिमालीसंचार संवाददाता
४४२ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भाद्र १९ गतेको मन्त्रीस्तरिय निर्णयानुसार स्वीकृत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार जुगल  पालिका वडा ५, खमारे स्थित श्री रस्मेश्वर माध्यमिक विधालयले सिकाइ सहजीकरण गर्न अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा बैठक बसेका छन।

बिद्यालयका ब्याबस्थापन समिति, शिक्षक, अभिभावक संघ र कार्यरत शिक्षकहरु बिच छलफल भएको छ । अभिभावकहरुबाट प्राप्त सुझावको आधारमा विधालय सेवा क्षेत्रलाई ३ समुहमा  बिभाजनगरी प्रत्येक समुहलाई साप्ताहिक २ दिन कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्याइ यही असोज ७ गतेदेखि  बिधालयमा नै सिकाइ सहजीकरण गरिने भएको हो । 

समूह १ अन्तर्गत जुगल  गाउँपालिका-५ खमारे, जुगल- ६  हगाम खानी डाडा, बलेफी, गाउँपालिका – १  बिप्लुङ, चिलाउने ,खड्का टोल र समूह – २ अन्तर्गत जुगल- ५ राम्चे , बालुवा, कपासे  जुगल १- कुनेगाउँ, बादसिम्ले, चेपे भने समूह- ३ अन्तर्गत जुगल- ५ ढाँडे, बलेफी -१ सिम्ले र डाेबाटे नयाँ बस्तीहरुमा कार्यक्रम रहेको शिक्षक महासंघका अध्यक्ष तथा प्रधानध्यापक कृष्ण घिमिरेले जानकारी दिए।

शैक्षिक क्रियाकलाप संचालन सुरक्षा मापदण्ड अपनाई शैक्षिक गतिविधि अगाडि बढ्ने समेत घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...