News Portal

  • राहत सहयोग गर्दा नगरपालिका संग समन्वय गरेर एकद्वार प्रणाली अनुरूप सहयोग गर्न आग्रह – उपमेयर पाख्रिन

    हिमालीसंचार संवाददाता
    ५६५ पटक

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नगपुजे गत २८ गते राती खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्चजोखिममा रहेका छन्। पहिरो पिडीतका लागि सहयोग गर्नु हुने विभिन्न संघसंस्था, सहयोगीदाताहरुमा एकद्वार प्रणाली अबलम्बन गरिदिन हुन उपमेयर सुशील पाख्रिनले अनुरोध गरेका छन्। 

    नागपुजे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये १६ जनाको शव भेटिए १५ जना अझै वेपत्ता छन् । सिन्धुपाल्चोक जिल्ला यसवर्ष धेरै खाले जोखिममा मुसिदै आइरहेको छ। सुरुमा जम्बू पहिरो त्यसपछि जुगल गाउपालिकामा लिदी पहिरो त्यसैगरी घुम्थाङ र नागापुजेमा पहिरो जाँदा धेरै धनजनको क्षति भएको छ । मानवीय क्षती कयौको घरबार नै उजाड बनेको अवस्था छ। कसैका घर सम्पत्तिका नाममा रहेका सबै जग्गा जमीन पहिरोले बगाएर घरको न घाटको पारेको अवस्था छ । 

    सिन्धुपाल्चोकमा रहेका सम्पूर्ण राजनैतिक दलहरु, समाजसेवी, संघ संस्थाहरुले राहत सामग्री बोकेर आउने क्रम पनि जारी नै देखिन्छ। हुन त हामी शोकमा छौ, पिडामा छौ, बाह्रबिसे नगरपालिका प्रकृतिक प्रकोपबाट धेरै नै क्षतिग्रस्त स्थानहरु छन। सम्भावित स्थानहरु पनि त्यसैले एकद्वार प्रणालीबाट अघि बढौ।

    कोभिड-१९ का कारण भिडभाड गर्न नहुने सामाजिकदूरी कायम गर्नु पर्ने स्वस्थ्य असुरक्षित हुनुबाट सजग हुनु पर्ने जस्ता कार्य गर्नु पर्ने भएकोले राहत वितरण कार्य एकद्वार प्रणाली अबलम्बन गर्नको लागि  सहयोग गर्न चाहानु हुने दाताहरुबाट प्राप्त नगद तथा जिन्सी सामानहरुको नगरपालिकासंग समन्वय गरेक राहत वितरण कार्यमा एक रूपता ल्याउन सहयोग गरिदिनुहुन सम्पूर्ण सहयोगी दाताहरुलाई बाह्रबिसे नगरपालिकाको उपमेयर सुशिला पाख्रीनले अनुरोध समेत  गरेकी हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...