News Portal

बोर्डरल्याण्ड रिसोर्ट प्रालि र बच्छलादेवी माविको पहलमा घुम्थाङ पहिरो पीडितलाई सहयोग

हिमालीसंचार संवाददाता
४९२ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २८ गते राति खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन्।

बाह्रबिसे नगरपालिका–७ वडाध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा १६ जनाको शव फेला परेको छ। नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये १६ जनाको शव भेटिए १५ जना वेपत्ता छन् । 

भीषण पहिरोमा परि पिडित र विस्थापित भएका ६८ घर परिवारलाई याक यति याक फाउण्डेशन यूके ,बोर्डर ल्याण्ड रिसोर्ट ,अ्ब्रेला अर्गनाइजेशन सस्थाले  सहयोग गरेका छन्। 

बोर्डरल्याण्ड रिसोर्ट प्रालि र पहिरो नजिकको बिद्यालय श्री बच्छलादेवी माविबीच पहिलादेखि नै पार्टनर पार्टनरशीप को सम्बन्ध चलिरहेकोले  बिद्यालय र बोर्डरल्याण्डको पहलमा  दाल, चामल, नुन, टूथपेस्ट   साबुन लगायत सामाग्री राहत स्वरुप वितरण गरिएका छन्।

बाह्रविसे नगरपालिका उपमेयर सुशिला पाख्रीन, सहयोगी संस्थाका  प्रतिनिधि राजकुमार पण्डित मेघ आले श्री बच्छलादेवी माध्यमिक बिद्यालयबाट बजिरसिह भण्डारी सहितको उपस्थितिमा सहयोग वितरण गरेका छन्। सहयोगी हातहरुलाई  बाह्रविसे नगरपालिका उपमेयर सुशिला पाख्रीनले  सहयोगका लागि आग्रह  समेत गरेका छन।

सहयोगी संस्थाहरुले पुर्नस्थापना गर्नुपर्ने मुख्य लक्ष्यका साथ बाढीपहिरोबाट प्रभावितहरुको जीवनमा थोरै भएपनि आशा र खुशी ल्याउने संकल्पले राहत वितरण गरिएको  बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...