News Portal

बोर्डरल्याण्ड रिसोर्ट प्रालि र बच्छलादेवी माविको पहलमा घुम्थाङ पहिरो पीडितलाई सहयोग

हिमालीसंचार संवाददाता
५१२ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २८ गते राति खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन्।

बाह्रबिसे नगरपालिका–७ वडाध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा १६ जनाको शव फेला परेको छ। नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये १६ जनाको शव भेटिए १५ जना वेपत्ता छन् । 

भीषण पहिरोमा परि पिडित र विस्थापित भएका ६८ घर परिवारलाई याक यति याक फाउण्डेशन यूके ,बोर्डर ल्याण्ड रिसोर्ट ,अ्ब्रेला अर्गनाइजेशन सस्थाले  सहयोग गरेका छन्। 

बोर्डरल्याण्ड रिसोर्ट प्रालि र पहिरो नजिकको बिद्यालय श्री बच्छलादेवी माविबीच पहिलादेखि नै पार्टनर पार्टनरशीप को सम्बन्ध चलिरहेकोले  बिद्यालय र बोर्डरल्याण्डको पहलमा  दाल, चामल, नुन, टूथपेस्ट   साबुन लगायत सामाग्री राहत स्वरुप वितरण गरिएका छन्।

बाह्रविसे नगरपालिका उपमेयर सुशिला पाख्रीन, सहयोगी संस्थाका  प्रतिनिधि राजकुमार पण्डित मेघ आले श्री बच्छलादेवी माध्यमिक बिद्यालयबाट बजिरसिह भण्डारी सहितको उपस्थितिमा सहयोग वितरण गरेका छन्। सहयोगी हातहरुलाई  बाह्रविसे नगरपालिका उपमेयर सुशिला पाख्रीनले  सहयोगका लागि आग्रह  समेत गरेका छन।

सहयोगी संस्थाहरुले पुर्नस्थापना गर्नुपर्ने मुख्य लक्ष्यका साथ बाढीपहिरोबाट प्रभावितहरुको जीवनमा थोरै भएपनि आशा र खुशी ल्याउने संकल्पले राहत वितरण गरिएको  बताए ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...