News Portal

कलाकार कृष्ण मारसानीले कुलमानको पुन: नियुक्ति माँग सहित चित्र कोरे

हिमाली संचार संवाददाता
४४३ पटक

काठमाण्डौ – कुलमान धिसिङको पुन नियुक्तिको माग सर्वत्र उठीरहेका समयमा कलाकार कृष्ण मारसनीले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान धिसिङको पुनः नियुक्तिको माग राख्दै उनको स्केच सहित लेखेका छन् -“कुशल व्यवस्थापक, कराेडाैं नेपाली जनताका ढुकढुकी कुलमान घिसिङ ज्यूकाे पुन: नियुक्ति एवं उज्वल भविष्यकाे कामना सहित याे तस्वीर वहाँ प्रति समर्पित गर्दछु।” 

कलाकार कृष्ण थप लेख्छन् “मिति २०७७/०६/०२ गतेका दिन नेपालका उज्याला तारा श्री कुलमान घिसिङ ज्यूकाे तस्वीर काेरेर बिहानी समयकाे सदुपयोग गरेकाे छु।” यसरी सर्वसाधारण जनता, कलाकार लगायद हरेक क्षेत्रबाट कुलमान धिसिङको पुनः नियुक्तिको माँग भइरहेको छ। 

कलाकार कृष्ण मरासनीले कुलमान धिसिङको सम्बन्धमा यसरी लेखेका छन्: “वि.सं.२०२७ कार्तिक ९ गते, बेथानमा जन्मनु भएका वहाँकाे सानै उमेरदेखि विजुली बत्तीमा चासाे, आकर्षण थियाे भन्नुहुन्छ, टुकी बालेर स्कुले शिक्षा पढ्नु भएका वहाँले उच्चशिक्षा ईलेक्ट्रसिटी ईन्जिनियरिङ विषय लिएर अध्ययन गर्नु भयाे। वहाँकाे उद्येश्य नै गाउँमा बिजुली बत्ती बाल्ने रहेकाे थियाे, अन्तत: नेपाल बिद्युत प्राधिकरणकाे कार्यकारी निर्देशक पदकाे चार वर्षे कार्यकालमा नेपालभरि नै लाेडसेडिङ अन्त गरेर उज्यालाे छरि दिनु भयाे ।”

उनले अवकाशपछिको उनको आवश्यकता नेपाली जनताले महसूस गरिरहेको संकेत गर्दै थप लेख्छन् “हाल वहाँकाे कार्यकाल समाप्त भएर पुन: नियुक्तिका लागि कराेडाैं नेपाली जनताहरुले सरकारलाई विभिन्न माध्यमबाट दवाव दिई रहेका छन् । गत साेमबार नै वहाँकाे पुन: नियुक्तिका लागि उर्जा मन्त्रालयबाट मन्त्री परिषदमा सिफारिश भै गएकाे छ, निर्णय हुन बाँकी छ भन्ने बुझिएकाे छ । नेपाल सरकार (मन्त्रीपरिषद्) बाट छिट्टै निर्णय हुनेछ वहाँकाे नियुक्तिका लागि भन्ने विश्वास छ । नेपाल सरकारले यति विवेक अवश्य पुर्याउने  छ र नेपाली जनता संधै उज्यालाेमा बाँच्न पाउने छन् ।”

कलाकार मरासनीले एक कर्मचारीको इच्छाशक्तिले देशको कायलपटल हुने उद्धृत गर्दै ‘कुशल व्यवस्थापक, कराेडाैं नेपाली जनताका ढुकढुकी कुलमान घिसिङ ज्यूकाे पुन: नियुक्ति एवं उज्वल भविष्यकाे कामना सहित याे तस्वीर वहाँ प्रति समर्पित गर्दछु ।” कलाकार कृष्ण मरासनीले नेपाल सरकार जनउत्तरदायी हुन पनि कुलमान धिसिङको पुनः नियुक्तिको अनुरोध गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...