News Portal

बब्लुलाई निर्घात कुट्ने प्रहरी अधिकृतमाथि छानविन शुरु

हिमाली संचार संवाददाता
६०५ पटक

काठमाण्डौ – शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि निर्घात कुटपिट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ ।

कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कुटेका थिए । बिहीबार बब्लुलाई कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘कुटपिटको घटनामा हाम्रो ध्यानाकर्षण भएको छ,’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) कुवेर कडायतले भने, ‘छानविनका लागि महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएका छौँ, दोषी देखिए कारवाही हुन्छ ।’

आर्ट काउन्सिल अगाडी इन्स्पेक्टर नेतृत्वको टोलीले ‘माइतीघर जान मिल्दैन’ भन्दै रोकेर लाठी, बुट र हातले कुटेको बब्लु गुप्ताले बताए ।

‘हामीले राष्ट्रिय झण्ड बोकेका थियौँ, प्रहरीले दोहोरो कुरा नै नगरी हामीलाई कुटेर भ्यानमा हाल्यो’ गुप्ताले भने–‘मलाई अनामनगरमा लगेर राख्यो, केही बेरमा छाडिदियो ।’

बब्लुका साथीले फोन गरेर घटनाको जानकारी गराएपछि तत्काल आफुले उनलाई रिहा गर्न आदेश दिएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेल ।

हन्ड्रेड्स १०० ग्रुप मार्फत बब्लुले निःशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । ‘शरीरमा एकसरो कपडा नहुनेहरुका लागि मैले ‘कपडा बैङ्क’को शुरुवात गरेको छु,’ बब्लुले भने ।

सामाजिक सञ्जालमा अमानवीय तरिकाले भिडियो भाइरल भएपछि सामाजिक प्रयोगकर्ताहरुले प्रश्न गरेका छन्, ‘सार्वजनिक स्थलमै यसरी कुट्ने प्रहरीले भित्र लगेर के गर्छ ?’ प्रहरीले गरेको दमन विरुद्ध सर्वत्र विरोध गरेका छन्। 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...