News Portal

  • बब्लुलाई निर्घात कुट्ने प्रहरी अधिकृतमाथि छानविन शुरु

    हिमाली संचार संवाददाता
    ५६७ पटक

    काठमाण्डौ – शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि निर्घात कुटपिट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ ।

    कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कुटेका थिए । बिहीबार बब्लुलाई कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    ‘कुटपिटको घटनामा हाम्रो ध्यानाकर्षण भएको छ,’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) कुवेर कडायतले भने, ‘छानविनका लागि महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएका छौँ, दोषी देखिए कारवाही हुन्छ ।’

    आर्ट काउन्सिल अगाडी इन्स्पेक्टर नेतृत्वको टोलीले ‘माइतीघर जान मिल्दैन’ भन्दै रोकेर लाठी, बुट र हातले कुटेको बब्लु गुप्ताले बताए ।

    ‘हामीले राष्ट्रिय झण्ड बोकेका थियौँ, प्रहरीले दोहोरो कुरा नै नगरी हामीलाई कुटेर भ्यानमा हाल्यो’ गुप्ताले भने–‘मलाई अनामनगरमा लगेर राख्यो, केही बेरमा छाडिदियो ।’

    बब्लुका साथीले फोन गरेर घटनाको जानकारी गराएपछि तत्काल आफुले उनलाई रिहा गर्न आदेश दिएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेल ।

    हन्ड्रेड्स १०० ग्रुप मार्फत बब्लुले निःशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । ‘शरीरमा एकसरो कपडा नहुनेहरुका लागि मैले ‘कपडा बैङ्क’को शुरुवात गरेको छु,’ बब्लुले भने ।

    सामाजिक सञ्जालमा अमानवीय तरिकाले भिडियो भाइरल भएपछि सामाजिक प्रयोगकर्ताहरुले प्रश्न गरेका छन्, ‘सार्वजनिक स्थलमै यसरी कुट्ने प्रहरीले भित्र लगेर के गर्छ ?’ प्रहरीले गरेको दमन विरुद्ध सर्वत्र विरोध गरेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...