News Portal

  • आफ्नै बाबुबाट बलात्कृत, करणी गर्ने बुबा कारागार चलान

    हिमाली संचार संवाददाता
    ४५५ पटक

    झापा –  जन्मदिने आमाले घर छाडेको डेढ वर्ष भयो । आमा हिडेपछि ७ र १२ वर्षका नाबालिका बावुको सहारामा बसेका थिए । तर आफ्नै बाबुले ती अबोध बालिकामध्ये ठुली छोरीलाई पटक – पटक करणी गरे ।

    छोरीले सहन सकुञ्जेल कसैलाई भनिनन् जब पटक – पटकको यौन हिंसाका कारण उनलाई रक्तश्राव हुन थाल्यो त्यसपछि बाबुले गरेको अनैतिक कार्य आफ्नै साथीलाई सुनाइन्। साथीले आमालाई सुनाएपछि घट्ना सार्वजनिक भयो ।

    घट्ना गएको असार ३१ गते राती साढे ९ बजे पुनः भयो । आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक-पटक करणी गरेको छिमेकीले जानकारी पाए । घट्नाको जानकारीका आधारमा सुनसरी धरान उपमहानगरपालिका–१३ घर भई हाल झापाको साविक गरामनी गाविस हाल बिर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय लिम्बू थरका बावुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले घट्ना भएकै राती नियन्त्रणमा लियो ।

    बाबुलाई प्रहरीले लगेपछि पीडित बालिकासहित उनकी ७ वर्षिया बहिनी बेसाहरा बने । छिमेकी लगायत प्रहरी प्रशासनले आफन्तको खोजि गर्दा जिम्मा लिने कोही नभएपछि पीडित बालिकासहित दुवैलाई एकल महिलाद्धारा सञ्चालित भद्रपुर १० मा रहेको छहारी घरमा राखियो। छहारी घरकी संयोजक रेखा अधिकारीको प्रत्यक्ष निगरानीमा ती बालिकाको लालन पालन शुरु भयो।

    आरोपित विरुद्ध मुद्दा दर्ता गराइएको समूहकी अध्यक्ष अधिकारीले बताइन् । आमा पहिले नै घर छाडेर हिंडेकी र पीडितको ७ वर्षिया बहिनी मात्र रहेकाले कोही नभएपछि समूहको तर्फबाट मुद्दा दर्ता गराइएको उनले बताइन् ।

    एक दिनको कुरा हो, कोठामा रहेको भेन्टीलेसनबाट निस्किएर उनीहरु भागेछन्। भाग्दै गरेको अवस्थामा नजिकै रहेको चन्द्रगढी विमानस्थलबाट फेला पारेर छहारीमा ल्याएको अधिकारी बताउँछिन् । ‘वैनीले भागुम भनि अनि भागेको तर, यहाँको आमाले भेटाइहाल्नु भयो ।’ ती ७ वर्षिया बालिकाले सुनाइन् ।

    छहारी घरमा बसेको ६४ दिनपछि बुधबार इटहरी स्थित एसओेएस बालग्रामले उनीहरुलाई अभिभावकत्व ग्रहण गरेको छ । इटहरीबाट आएको सो संस्थालाई नियमअनुसार हस्तान्तरण गरिएको अधिकारी बताउँछिन् । छहारीमा राखेर उनीहरुको जन्म दर्ता र स्कुलको चारित्रिक प्रमाण पत्र समेत बनाइएको उनले बताइन् । बसाई अवधिभरको खाना खर्च विर्तामोड नगरपालिकाले लिएको थियो । 

    बिर्तामोड नगरपालिका र ईलाका प्रहरी कार्यालय बिर्तामोडको सिफारिसका आधारमा बालग्रामलाइ दिने निर्णय भएपछि त्यसो गरिएको उनले बताइन् । बालग्रामलाई जानकारी लगायत सहजकर्ताको भूमिका एविसी नेपालले गरेको थियो । आरोपितलाई भने पुर्वपक्षका लागि झापा कारागारमा राखिएको डिएसपी राकेश थापाले बताए । रासस 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...