News Portal

  • नेपाली रेल जयनगर आइपुग्यो, आज जनकपुरमा भब्य स्वागत गर्ने

    हिमाली संचार संवाददाता
    ३३३ पटक

    जनकपुर – नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर चल्ने रेल बिहीवार साँझ साढे ६ बजे जयनगर आइपुगेको छ। आज शुक्रवार मध्यान्ह सम्म उक्त रेलका सेट जनकपुर स्टेशन आइपुग्ने छ। रेलका अधिकांश डब्बा प्लाष्टिकले छोपिएको छ। रेल नेपालको राष्ट्रिय झण्डा रंगले रँगिएको छ। जनकपुर आएपछि रेलको भव्य स्वागत गरिने तयारी छ ।

    सरकारले ८६ करोडमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरिएको हो। रेल शुक्रवार नै जनकपुर आइपुगे पनि औपचारिक रुपमा सञ्चालन दशैँ तिहारपछि गर्ने तयारी रहेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो। रेल्वे विभागले केही दिन अगाडी भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि रेल आज जनकपुर आइपुग्ने भएको हो।

    रेलको परीक्षणपछि औपचारिक रुपमा रेल्वे विभागले बुझ्नेछ। रेल चलाउन रेल्वे विभागले तीन दिनअघि मात्र १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिएको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे ससेवा संचालन गरिने बताइएको छ।

    रेल सञ्चालनका लागि केही प्राविधिक टोली भने भारतबाटै ल्याइनेछ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याइएको हो। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो

    रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...