News Portal

नेकपाको सचिवालय बैठक : माधव नेपाल समूहलाई मनाउने प्रयास

८१४ पटक

काठमाडौं– पार्टी एकता प्रक्रियामा तल्लो तहमा देखिएको विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

आज दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिर्पोटहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

‘समसामयीक विषयमा नै छलफल हुन्छ, एकता प्रकृयामा देखिएका अप्ठ्याराहरुलाई कसरी समामधान गर्ने भन्ने नै छलफलको विषय बन्छ’ सचिवालय सदस्य श्रेष्ठले रातोपाटीलाई बताए ।

यसअघि ११ बजेलाई बोलाइएको बैठक प्रधानमन्त्रीको व्यवस्तताका कारण सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

नेकपामा पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रिया टुङग्याउन सकस हुदै आएको छ । आजको बैठकले एकता प्रकृयामा स्पष्ट मापदण्ड बनाउन सक्ने नेताहरुको विश्वास छ ।

५ नम्बर प्रदेश लगायतका केही जिल्लाहरुमा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरणका क्रममा कार्यदलले सिफारिस गरेका नेतृत्वप्रति असन्तुष्टि छ ।

यो असन्तुष्टिमा खासगरी पूर्व एमालेको माधव नेपाल समुहले आफूलाई किनारा लगाएको भन्दै अध्यक्ष ओलीपक्षको चर्को आलोचना र विरोध गर्दै आएको छ ।

जसका कारण पूर्वनिर्धारित समयअनुसार भदौ पहिलो साताभित्रै भैसक्नुपर्ने जिल्ला कमिटिको एकीकरण हुन सकेको थिएन ।

तर, सचिवालय सदस्य श्रेष्ठले पार्टी एकता कार्यदलको सवै रिर्पोट अध्ययन भैनसकेकाले पार्टीमा कसको असन्तुष्टि छ या छैन भन्ने कुरा अहिले नै थाहा नभइसकेको प्रतिकृया दिए । पार्टीको आन्तरिक विषयबाहेक बुधबारको नेकपा सचिवालय बैठकमा वर्तमान सरकारले  गरेका र गर्न लागेका कामकारबाहिका बारेमा समेत छलफल हुनसक्ने प्रधनमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...