News Portal

मुख्यमंत्री पौडेलद्वारा सिन्धुलीको मुसहर समुदायकका नागरिकलाई घरको साचोँ हस्तान्तर गरिदै

हिमाली संचार संवाददाता
३७१ पटक

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – जनता आवस कार्यक्रम अन्तरर्गत सिन्धुलीको दुधौली नगरपालिकामा बनेको मुसहर समुदायको भवन आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिंदैछ।

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज मुसहर समुदायकका नागरिकलाई घरको साचोँ हस्तान्तर गर्ने कार्यक्रम रहेको छ। आफ्नै क्षेत्रमा मुशहर बस्ती निर्माणमा दुधौली नगरपालिकाले महत्वपूर्ण भुमिका निभाईरहेको थियो छ। 

नगरपालिकाले मुशहर समुदायको बस्ती नमुना बस्तीको निर्माणमा सहयोग पुर्याउने र आर्कषको केन्द्र बनाउन जोड दिइरहेको नगरप्रमुख घनश्याम राउतले बताए। उनले भने “ मुशहर समुदायका घरहरु निर्माण गर्ने काम नुमना रुपमा सफल बनाएका छौं ।

विपन्न समुदायलाई घर निर्माण गर्ने नीति अनुसार मुशहर वस्ती निर्माणको काम अगाडी बढेको थियो । मुशहर समुदायका लागि दुधौलीमा ३ सय ५५ वटा घर धमाधम निर्माण भईरहेका छन् । आवास विहीन सिमान्तकृत, दलित र विपन्न समुदायको लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौलीमा घर निर्माणको काम अगाडी बढेपछि मुशहर वस्तीमा खुसी छाएको थियो ।

जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीमा १ सय ६६ वटा घर निर्माण सम्पन्न भईसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका प्रमुख ईन्जिनियर दुर्गा प्रसाद  घिमिरेले बताए । बाँकी निर्माणधिन घरहरु निमार्ण सम्पन्नको अन्तिम चरणमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...