News Portal

मुख्यमंत्री पौडेलद्वारा सिन्धुलीको मुसहर समुदायकका नागरिकलाई घरको साचोँ हस्तान्तर गरिदै

हिमाली संचार संवाददाता
३४५ पटक

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – जनता आवस कार्यक्रम अन्तरर्गत सिन्धुलीको दुधौली नगरपालिकामा बनेको मुसहर समुदायको भवन आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिंदैछ।

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज मुसहर समुदायकका नागरिकलाई घरको साचोँ हस्तान्तर गर्ने कार्यक्रम रहेको छ। आफ्नै क्षेत्रमा मुशहर बस्ती निर्माणमा दुधौली नगरपालिकाले महत्वपूर्ण भुमिका निभाईरहेको थियो छ। 

नगरपालिकाले मुशहर समुदायको बस्ती नमुना बस्तीको निर्माणमा सहयोग पुर्याउने र आर्कषको केन्द्र बनाउन जोड दिइरहेको नगरप्रमुख घनश्याम राउतले बताए। उनले भने “ मुशहर समुदायका घरहरु निर्माण गर्ने काम नुमना रुपमा सफल बनाएका छौं ।

विपन्न समुदायलाई घर निर्माण गर्ने नीति अनुसार मुशहर वस्ती निर्माणको काम अगाडी बढेको थियो । मुशहर समुदायका लागि दुधौलीमा ३ सय ५५ वटा घर धमाधम निर्माण भईरहेका छन् । आवास विहीन सिमान्तकृत, दलित र विपन्न समुदायको लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौलीमा घर निर्माणको काम अगाडी बढेपछि मुशहर वस्तीमा खुसी छाएको थियो ।

जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीमा १ सय ६६ वटा घर निर्माण सम्पन्न भईसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका प्रमुख ईन्जिनियर दुर्गा प्रसाद  घिमिरेले बताए । बाँकी निर्माणधिन घरहरु निमार्ण सम्पन्नको अन्तिम चरणमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...