News Portal

सामान्य प्रशासनले गर्‍यो १७ शाखा अधिकृतको सरुवा

हिमालीसंचार संवाददाता
४७८ पटक

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न गाउँपालिका तथा मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूलाई सरुवा गरेको छ। मन्त्रालयले १७ जना शाखा अधिकृतको सरुवा गरेको हो।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सत्यनारायण शाहलाई जानकीनन्दनी गाउँपालिका धनुषा, गृह मन्त्रालयका हरिराम नागिलालाई घरपझोङ गाउँपालिका मुस्ताङ, लिखुपिके गाउँपालिका सोलुखुम्बुका राजेन्द्र भण्डारीलाई भीमफेदी गाउँपालिका मकवानपुर, दुर्गाथली गाउँपालिका बझाङका धर्मराज उपाध्यायलाई केआईसिँह गाउँपालिका डोटी र जिल्ला समन्वय समिति सुर्खेतका कृष्णबहादुर पन्तलाई सिम्ता गाउँपालिका सुर्खेतमै पठाएको छ।

त्यस्तै प्रशासन सिंहदरबार विशेष श्रोतका अनुसार गृहमन्त्रालयका शाखा अधिकृत शिव कुमार राईलाई भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक सरुवा गरेको छ।

मन्त्रालयले भूमि सम्बन्धी समाधान आयोगका गणेश पोख्रेललाई लिखु तामाकोशी गाउँपालिका रामेछाप, छत्रेश्वरी गाउँपालिका सल्यानका डिल्ली खड्कालाई परिवर्तन गाउँपालिका रोल्पा, मालपोत गाउँपालिका लमहीका खिमबहादुर खड्कालाई छत्रेश्वरी गाउँपालिका सल्यान, इलाका प्रशासन कार्यलय सुगौलीका कुन्दन कुमार कर्णलाई वलान विहुल गाउँपालिका सप्तरी, भाषा आयोगका आकंक्षा रिजाललाई जिल्ला समन्वय समिति म्याग्दीमा सरुवा गरेको छ।

यसैगरी परिवर्तन गाउँपालिका रोल्पाका नन्दराम परियारलाई भूमि सम्बन्धी समस्या समाधान आयोग, भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकका मोहन प्रसाद निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिम्ता गाउँपालिका सुर्खेतका जनक बहादुर हमाललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, घरपझोङ गाउँपालिका मुस्ताङका दिलिप सुवेदी, केआईसिँह गाउँपालिका डोटीका सुनिल ठगुन्ना र भीमफेदी गाउँपालिका मकवानपुरका जीवन कुवर तीनै जनालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...