News Portal

पहिरो पीडितको घाउमा मलमपट्टी लगाउदै जनप्रतिनिधि

हिमाली संचार संवाददाता
४६८ पटक

दुर्गा श्रेष्ठ,सिन्धुपालचोक – जुगल गाउँपालिका ५ चनौटेमा गत दिन भिषण पहिरो गएको थियो। पहिरोले चनौटेमा कम्तिमा ३ घर पूर्ण रूपमा क्षेति ९ घर उच्च जोखिममा रहेका छन्। त्यो खबर सुने पछि नेकपाको नेता तथा पुर्व सांसद सुभास कर्माचार्य, जुगल गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठ लगायत नेकपा जुगलका नेता तथा कार्यकर्ताहरुले चनौटेको पहिरो निरीक्षन गरेका छन। 

नेकपा जिल्ला बिपद ब्यबस्थापन  समितिको सदस्य समेत रहेका नेता कर्माचार्यले केही दिन भित्रै भौगोलिक अध्ययन टोलिले प्राविधिक रुपमा बस्तिको अनुसन्धान गर्ने र उक्त रिपोर्टको आधारमा ब्यबस्थापन गर्न सम्बन्धित निकायमा विशेष पहल गर्ने बताए। 

गाउँपालिका महासंघका अध्यक्ष, जुगल गाउँपालिकाको अध्यक्ष  होम नारायण श्रेष्ठले बिपद न्यूनीकरण र ब्यबस्थापन गर्न जुगल गाउपालिका सधै दत्तचित्त भएर लाग्ने बताए। स्थानिय बिपदमा प्रत्यक्ष विस्थापितहरु संग भेट्घात गरेर राय सुझाव संकलन गरिएको थियो।

नेकपा जुगल गाउँपालिका कमिटिका सदस्य पाङ्तान निवासी  सिङ्ग बहादुर श्रेष्ठको पहलमा जुगल २ लिदिका पहिरो पीडितहरुको स्थायी स्थानान्तरण गर्न विभिन्न व्यक्तिहरू संग सङ्कलित रकम ३ लाख १ हजार जुगल गाउपालिकाका अध्यक्ष  होम नारायण श्रेष्ठलाई नेकपाका बागमती प्रदेश सचिवालय सदस्य एवम् पुर्व माननीय सुभास कर्माचार्यले हस्तान्तरण गर्दै सहयोगी मनहरुलाई धन्यबाद समेत दिए।

प्राप्त रकम लिदिका जनताहरुको स्थायी बासस्थान निर्माणकार्यमा खर्च हुने जुगल गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठले हिमाली संचारको कुराकानीमा जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...