News Portal

पहिरो पीडितको घाउमा मलमपट्टी लगाउदै जनप्रतिनिधि

हिमाली संचार संवाददाता
४४७ पटक

दुर्गा श्रेष्ठ,सिन्धुपालचोक – जुगल गाउँपालिका ५ चनौटेमा गत दिन भिषण पहिरो गएको थियो। पहिरोले चनौटेमा कम्तिमा ३ घर पूर्ण रूपमा क्षेति ९ घर उच्च जोखिममा रहेका छन्। त्यो खबर सुने पछि नेकपाको नेता तथा पुर्व सांसद सुभास कर्माचार्य, जुगल गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठ लगायत नेकपा जुगलका नेता तथा कार्यकर्ताहरुले चनौटेको पहिरो निरीक्षन गरेका छन। 

नेकपा जिल्ला बिपद ब्यबस्थापन  समितिको सदस्य समेत रहेका नेता कर्माचार्यले केही दिन भित्रै भौगोलिक अध्ययन टोलिले प्राविधिक रुपमा बस्तिको अनुसन्धान गर्ने र उक्त रिपोर्टको आधारमा ब्यबस्थापन गर्न सम्बन्धित निकायमा विशेष पहल गर्ने बताए। 

गाउँपालिका महासंघका अध्यक्ष, जुगल गाउँपालिकाको अध्यक्ष  होम नारायण श्रेष्ठले बिपद न्यूनीकरण र ब्यबस्थापन गर्न जुगल गाउपालिका सधै दत्तचित्त भएर लाग्ने बताए। स्थानिय बिपदमा प्रत्यक्ष विस्थापितहरु संग भेट्घात गरेर राय सुझाव संकलन गरिएको थियो।

नेकपा जुगल गाउँपालिका कमिटिका सदस्य पाङ्तान निवासी  सिङ्ग बहादुर श्रेष्ठको पहलमा जुगल २ लिदिका पहिरो पीडितहरुको स्थायी स्थानान्तरण गर्न विभिन्न व्यक्तिहरू संग सङ्कलित रकम ३ लाख १ हजार जुगल गाउपालिकाका अध्यक्ष  होम नारायण श्रेष्ठलाई नेकपाका बागमती प्रदेश सचिवालय सदस्य एवम् पुर्व माननीय सुभास कर्माचार्यले हस्तान्तरण गर्दै सहयोगी मनहरुलाई धन्यबाद समेत दिए।

प्राप्त रकम लिदिका जनताहरुको स्थायी बासस्थान निर्माणकार्यमा खर्च हुने जुगल गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठले हिमाली संचारको कुराकानीमा जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...