News Portal

सुस्त मनस्थिति र खुट्टा नचल्ने भएपछि वृद्ध आमाले छाेरी पाल्न बाध्य

रबिन्द्र बराल
३२९ पटक

मोरङ– रंगेली नगरपालिका ७ स्थित तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भा देवि मंन्डल बिगत एक वर्षदेखि घिस्रिएर हिडन गरिहेकाे  छ। गत माघ महिनामा आगाे ताप्ने क्रममा उनकाे साडिमा आगाे सल्किएपछि उनकाे दुई खुट्टाकाे घुडा मुनिकाे भागमा साडी पग्लिएपछि उनको दुई वटा खुट्टा जलेर उनलाई समयमै उपचार नहुदा अहिले उनी घिस्रिएर हिड्न बाध्य छन्।

१२ बर्ष अगाडि देखि उनी सुस्त मनस्थिति भएपछि उनका श्रीमान अर्जुन मंन्डलले समेत उनलाई छाडिदिए पछि अहिले ७० बर्षिया वृद्ध आमाकाे साहारामा बस्न बाध्य रहेकी छिन्।

उनकाे १७ बर्ष र १४ बर्षका दुई छाेरा भएता पनि आमा सुस्त मनस्थिति र हिडडुल गर्ने छाडेपछि छाेराहरु समेत रतुवामाई नगरपालिकाकाे साथ साेनापुरमा बुवासंगै बस्दै आईरहेका छन । ७० बर्षिया आमा मुसर्नियादेवि मंन्डल अहिले ३२ बर्षिया छाेरी रम्भादेविकाे स्याहारसुसार गर्ने बाध्य भईरहेकी छिन ।

ज्वाइँ अर्जुनले छाेरीलाई १२ बर्ष देखि बेवास्ता गर्दे आईरहेता पनि बिगत एक बर्ष देखि छाेरीकाे दुवै खुट्टा समेत नचल्ने भएपछि उनलाई उपचार नगराएर आफू्संग छाडिदिएकाे आमा मुसर्निया देविले दुखेसो पाेखिन ।
१० घुर जग्गामा सानाे झुपडी बनाएर बस्दै आएका आमा छाेरी एउटा काेठमा बस्दै आईरहेका छ। छाेरीकाे दुवै खुट्टा चल्न छाडेपछि ७० बर्षिया आमालाई दिन रात छाेरीकाे स्यार सुसार गर्ने मै व्यस्त हुन थालेकि हुन ।

आफु दैनिकी अरुकाे घरमा गएर सामान्य काम गरेर जीवन चलाउदै आएकि ७० बर्षिया आमलाई अहिले छाेरीकाे समेत पालनपोषण गर्नेका लागि काम गर्ने समेत जान छाडेपछि साँझ बिहान उनकाे घरमा खानका लागि चामल, दाल तेल समेत नरहेको आमाले बताईन ।
उनकाे माषिक बिधुवा भत्ता आउने गरेता पनि छाेरीकाे लागि सामान्य उपचार गर्ने र गाउँ घरमा लिएको ऋिण तिर्दे आईरहेकाे उनले बताईन ।

उनकाे ४ महिनामा मात्रै ८ हजार रुपैयाँ भत्ता आउने गरेकाे र आफ्नाे दैनिकी खाधन्यका लागि उनले गाउँ घरमा २ ,४ हजार रुपैयाँ ऋण लिने गरेको र भत्ता आएपछि उक्त ऋण तिर्ने गरेको उनले बताईन ।
अहिले उनकाे घरमा खाधन्य समेत नभएको र छाेरीलाई समेत राम्रो ठाउँमा उपचार गर्ने लैजान पाए छाेरी राम्रोसंग हिडडुल गर्ने भए पनि उनले आफ्नाे जीवन आफै चलाउन सक्ने हुन्छ कि भन्दै बिलाैना गर्दै भनिन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...