News Portal

सिन्धुपाल्चोक जिल्लामा पीडामा थप पीडा थपिए : सिर्जना तामाङ

हिमाली संचार संवाददाता
५५२ पटक

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। दुईजना अझै बेपत्ता छन्। लगत्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २८ गते  राति खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन्।

पहिरोमा परेर नागुजेमा १५जनाको शव फेला परेको छ। नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका  मध्ये १५ जनाको शव भेटिए १६ जना वेपत्ता छन्। त्यस्तै, ८ जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

आज भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोक  राम्चेमा परेपछि जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जना तामाङ्ले थप त्रास फैलिएको बताएकी छिन्। हिमालीसंचारसँग कुरा गर्दै उनले भूकम्प गएपछि पहिरोको त्रास बढेकोले तनाव थपिएको बताएका हुन्। जुगल लिदि, चनाउटे, नाम्फा, निम्लुङ, देउराली,  बोल्दे, तेम्बाथन,  हगाम,  लगायत नागपुजेमा गएको पहिरोले तनाव भइरहेका बेला भूकम्पले त्रास थपिएको उनले बताए।

राम्चेमा २०७१ सालमा ठूलो पहिरो गएको थियो। जुरे पहिरो राम्चेमै गएको हो। अहिले पानी परिरहेको र भूकम्पको केन्द्रविन्दु राम्चेमै परेकाले समस्या थपिएको उनको भनाई छ। उनले भूकम्पले जमिन हल्लाउँदा जमिन धाँजा फाट्ने र त्यहाँ पानी छिरेर पहिरोको जोखिम बढ्ने बताए। ‘गाउँतिर सबैसँग कुरा गरें, अवस्था सामान्य छ,’ उनले भने, ‘पानी परिरहेको छ, छ, फेरि पहिरो जाने त्रास थपिएको छ।’

पहिरोले धुजा–धुजा पारेको गाउँमा भूकम्पले झन् जोखिम बढाएको उनले बताए। राम्चेमै कोरोनाबाट पहिलो मृत्यु भएको र भूकम्प पनि यही आएकाले गाउँभरि त्रास बढेको उनले बताए। उनले भने, ‘मानिसहरु फेरि पनि धक्का आउँछ कि भनेर डराएका छन्।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...