News Portal

हङकङमा मंगलवार कोरोना संक्रमित संख्या शून्य, हालसम्म १०२ जनाको मृत्यु

हिमाली संचार संवाददाता
४३४ पटक

युवा राई, हङकङ-  हङकङमा मंगलवार स्थानीय कोरोना संक्रमित विरामी नथपिएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।

कोरोना संक्रमणको तेश्रो लहरपछि हङकङमा संक्रमितको संख्या शून्यमा झरेको यो पहिलो पटक हो। यद्यपि, पछिल्लो अपडेटमा ४ जना आयातित संक्रमित थपिएको सरकारको कोरोना तथ्याङ्क संकलन गर्ने वेबसाइटमा उल्लेख गरिएको छ।

हङकङमा आयातित कोरोना संक्रमितमध्ये जापानबाट हङकङ आएका दुई जना, फिलिपिन्स, रुवाण्डा र भारतबाट आएका एक एक जना रहेका छन्।

हङकङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४,९७६ पुगेको छ। ४,६४६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। करिब १९७ जनाको उपचार भइरहेको छ। १८ जना कोरोनाका विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ। हाल सम्म कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या १०२ पुगेको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...