News Portal

बलात्कारको आरोप लगाउने युवतीलाई १५ सय जरिवानासहित कैद सजाय

हिमाली संचार संवाददाता
५७४ पटक

सुर्खेत – जिल्ला अदालत सुर्खेतले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई कैद सजायको फैसला गरेको छ। यूवतीले लगाएको आरोप झुटो भएपछि एक महिना कैद र १ हजार ५ सय रुपैया जरिवानासहितको फैसला गरेको हो।

सुर्खेत बराहतालकी १८ वर्षीय युवतीले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका तत्कालिन प्रमुख रामबाबु भनिने रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाएकी थिइन्। यहीँ भदौ १४ गते अदालतले कैद र जरिवना दुवै सजाय हुनेगरी फैसला गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जनाए।

पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको उनले बताए। उनका अनुसार जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गरिएकाले अदालतले कैद र जरिवानाको फैसला गरेको हो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका प्रमुख गुप्ताले कार्यालयमै गत असोज २८ र ३० गते बोलाएर बलात्कार गरेको भन्दै ति युवतीले गत मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजूरी दिएकी थिइन्।

युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख गरेको र उक्त वकपत्र नै झुठो भएको ठहर गर्दै अदालतले फैसला गरेको बास्कोटाको भनाई छ।

अदालतको फैसलापछि युवती फरार रहेकी छन्। ‘फैसला भएदेखि पीडित भनिएकी युवती सम्पर्कमा आएकी छैनन्। कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाउन लगाएको छ’ श्रेस्तेदार बास्कोटाले भने।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...