News Portal

बलात्कारको आरोप लगाउने युवतीलाई १५ सय जरिवानासहित कैद सजाय

हिमाली संचार संवाददाता
५२९ पटक

सुर्खेत – जिल्ला अदालत सुर्खेतले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई कैद सजायको फैसला गरेको छ। यूवतीले लगाएको आरोप झुटो भएपछि एक महिना कैद र १ हजार ५ सय रुपैया जरिवानासहितको फैसला गरेको हो।

सुर्खेत बराहतालकी १८ वर्षीय युवतीले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका तत्कालिन प्रमुख रामबाबु भनिने रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाएकी थिइन्। यहीँ भदौ १४ गते अदालतले कैद र जरिवना दुवै सजाय हुनेगरी फैसला गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जनाए।

पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको उनले बताए। उनका अनुसार जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गरिएकाले अदालतले कैद र जरिवानाको फैसला गरेको हो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका प्रमुख गुप्ताले कार्यालयमै गत असोज २८ र ३० गते बोलाएर बलात्कार गरेको भन्दै ति युवतीले गत मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजूरी दिएकी थिइन्।

युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख गरेको र उक्त वकपत्र नै झुठो भएको ठहर गर्दै अदालतले फैसला गरेको बास्कोटाको भनाई छ।

अदालतको फैसलापछि युवती फरार रहेकी छन्। ‘फैसला भएदेखि पीडित भनिएकी युवती सम्पर्कमा आएकी छैनन्। कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाउन लगाएको छ’ श्रेस्तेदार बास्कोटाले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...