News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पैसा नभएकाहरुलाई चन्दा उठाएर पनि स्वदेश पठाउँछौं – कुमार पन्त

    हवाई भाडा महँगो भयो । ८० हजार नेपाली स्वदेश फर्कन चाहानु हुन्छ”

    हिमाली संचार संवाददाता
    ३३९ पटक

    काठमाण्डौ – गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विश्वभरका नेपालीहरु कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित भएकाहरुलाई स्वदेश पठाउनको लागि आफूहरुले काम गरिरहेको बताउदै पैसा नभएकाहरुलाई चन्दा उठाएर पनि स्वदेश पठाउने बताएका छन्।

    गत रात एक टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममा कुरा गर्दै अध्यक्ष पन्तले कोरोनाका कारण प्रभावित भएको विश्वभरिका नेपालीहरुलाई सकुशल घर फर्काउनको लागि नेपाल सरकारसँग समन्वय गरिरहेको बताएका हुन् । 

    कुराकानीको क्रममा उनले भने,“जसरी विश्व नै अहिले कोरोनाबाट प्रभावित बनेको, हामी गैरआवासी नेपालीहरु पनि प्रभावित छौं । खासगरी संक्रमित नेपालीहरुको उद्धार, घर फर्कनैपर्ने बाध्यतामा भएका हजारौं संख्याका नेपालीहरु हुनुहुन्छ, उहाँहरुलाई सुरक्षित तवरले घर फर्काउने काममा हामी लागिरहेका छौं ।

    आफ्नो काम गरिरहेका छौं । हामी मूलतः त्यसमै केन्द्रित छौं । नेपाली श्रमिकहरु घर फर्कने बाध्यतामा हुनुहुन्छ। कम्पनीले काम दिन नसक्ने अवस्था छ । त्यस्ता साथीहरुलाई घर फर्काउन पहल गरिरहेका छौं ।”

    घर फर्कन चाहने साथीहरुलाई नेपाल फर्कने वातावरण नेपाल सरकारले बनाई दिनु पर्ने उनको जोड छ । सरकारको तवरबाट विदेशमा अलपत्र र पीडामा रहेका नेपालीहरुलाई उद्धार गर्ने काम सुस्त भएको पन्तको गुनासो छ । “अहिले ७० देखि ८० हजार हाराहारीमा नेपालीहरु घर जानुपर्ने अवस्थामा हुनुहुन्छ । अब दैनिक ८ सय कोटा राखिएको छ । यो कोटा राख्न जरुरी छैन् । नेपाल जान पाउने कुराको ग्यारेण्टी गर्नुपर्छ ।”–पन्तले भने ।

    उनले स्वदेश फर्किने गैरआवासी साथीहरुले नेपालमा कोरोना संक्रमण नलैजानेपनि विश्वास दिलाए । सबै नेपालीहरुले अन्तराष्टिय जनस्वास्थ्यका मापदण्ड पूरा गरेर खासगरेर पिसिआर परीक्षण गरेर नै उनीहरुलाई स्वदेश पठाईने भएकोले गैरआवासी नेपालीहरुबाट नेपालमा कोरोना संक्रमण नहुने उनको जिकिर छ । उनले भने,“गैरआवासी नेपालीहरुबाट संक्रमणको रिस्क छैन् । पिसिआर परीक्षण गरेकाहरुले घर आउन पाउनुपर्छ ।”

    पन्तले आफूहरुले चन्दा उठाएर भएपनि नेपालीहरुलाई घर पठाउने वातावरण बनाउने विश्वास दिलाए । उनले थपे,“सरकारले घर आउने सहज वातावरण बनाईदिनुपर्छ । पैसाको अभावले कोही पनि नेपालीहरु घर जानबाट बञ्चित हुनुपर्दैन् । हामी पठाउँछौं । पैसा भएकाहरुसँग लिएर र नभएकाहरुलाई पैसा हालेर पनि पठाउँछौं । हामी अहिले यसमै केन्द्रित भएर काम गरिरहेका छौं ।”

    उनले विश्वभरी हालसम्म कोरोना संक्रमणका कारण दुई सय ४३ जनाको निधन भैसकेको र ३७ हजार भन्दा बढि संक्रमित बनेको तथ्यांक पेश गरे । त्यस्तै, कोरोनाबाहेक अन्य कारणले पनि तीन सय ३९ जनाको निधन भएको उनले सुनाए । उनले भने,“विश्वभरी छरिएर रहेका नेपालीहरु जो अहिले कोरोनाका कारण रोजगार गुमाएर बसेका छन्, उनीहरुको उद्धार गर्न हामी सक्षम छौं । हामी अहोरात्र यही काममा खटिएका छौं ।

    अध्यक्ष पन्तले लकडाउनपछि विश्वभरीबाट ६२ हजार ४ सय ९४ जनालाई उद्धार गरेर नेपाल पठाईएको पनि सुनाए । र, अझैपनि ७० देखि ८० हजारको हाराहारीमा नेपालीहरु स्वदेश जानैपर्ने बाध्यतामा रहेको पन्तले सुनाए। उनले भने,“यो संख्या बाध्यतात्मक अवस्थाले गर्दा नेपाल जानुपर्नेको संख्या हो। मैले अहिले होलिडे र दशैं मनाउन जानेको संख्या जोडेको छैन् ।”

    अध्यक्ष पन्तले कोरोनाको कहरका कारण एनआरएनएले थालनी गरेका केही महत्वपूर्ण काममा बाधा पुगेको भएपनि आफूहरुले गरेका प्रतिबद्धता र घोषणाहरु पूरा गर्ने अभियानमा जुटिरहेको सुनाए। उनले भने, हामीले कम्तिमा पनि १० अर्बको लगानी ल्याउँछौं भनेका थियौं । त्यसको लागि कम्पनी बनाएर फण्ड कलेक्शन गर्ने तयारीमा थियौं । विश्भर छरिएर रहेका नेपालीहरुले हाँसिल गरेको स्किल र नलेज भित्र्याउन भव्य नलेज सम्मेलन गर्ने योजना छ । नलेज सम्मेलनको यसअघि काठमाडौंमा सम्पन्न गरेका थियौं । त्यसको धेरै राम्रो र सकारात्मक प्रतिक्रियाहरु आएको थियो ।

    अध्यक्ष पन्तका अनुसार अहिलेपनि नेपालमा लगानी गर्नुपर्छ भनेर गैरआवासीय साथीहरु आश्वस्त रहेको बताए। उनले कोरोना कहरको समाप्तिपछि अर्थात् परिस्थिति सामान्य बनेपछि नेपालमा लगानी भित्र्याउने कामपनि द्रुत गतमिा अघि बढ्ने बताए । उनले कोरोनाकै कारण अहिले बेलायत, अमेरिकालगायतका साथीहरु नेपाल लर्को लागेर फर्किहाल्ने अवस्था भने नभएको सुनाए । “एक दिन नेपालीहरुले नेपाल फर्किएर काम पाउने वातावरण बनाउनुपर्छ । तत्काल त्यो अवस्था छैन्”- उनले भने ।

    नेपाल जान नपाएकै कारण र सरकारको सुस्तताका कारण साउदी अरबमा नेपालीहरुले नाराबाजी गर्नुपरेको बाध्यात्मक अवस्थापनि उनले सुनाए। उनले भने,”अहिले विश्वभर झण्डै ६० लाख हाराहारीमा गैरआवासीय साथीहरु हुनुहुन्छ । अधिकांश वैदेशिक रोजगारीमा हुनुहन्छ । साउदी अवरमा ५ लाख, कतारमा ४, युएईमा तीन लाख हुनुहुन्छ । काम गर्न आउनेहरुको संख्या बढि छ । साउदीको पछिल्लो समयको कुरा गर्दा, मर्ता तो क्या नही कर्ता भनेजस्तो परिस्थिति छ । कानून उल्लंघन गर्ने अवस्था भयो । सरकारले विशेष ध्यान दिनुपर्छ ।”

    उनले आफूहरुले नेपालमा लगानीको लागि वातावरण बनाउने पनि स्पष्ट पारे। उनले भने-“जस्तोसुकै परिस्थितिको बावजुदपनि हामी नेपालमा लगानी भित्र्याउने काममा लाग्छौं।” उनले नेपालीहरुलाई उद्धारको नाममा हवाई भाडा महँगो भएको आफूहरुको पनि गुनासो रहेको सुनाए । उनले भने,”यसमा मेरो पनि गुनासो छ। अहिले ८० हजार नेपालीहरु स्वदेश फर्कन चाहनुहुन्छ । उहाँहरुलाई सहज रुपमा घर फर्किने वातावरण बनाए भाडा स्वतः घटेर आउँछ । सरकारले यसमा ध्यान दिनुपर्छ ।”

    त्यस्तै, उनले विदेशमा रहेका नेपालीहरुमा संक्रमण दर घट्न सुरु भएको पनि तथ्यांक सुनाए। बरु, कोरोनाकै कहरले गर्दा बेरोजगारीको संख्या भयावह हुने स्थिति देखिएको सुनाउँदै उनीहरुको उद्धारको लागि सरकारले यथेष्ट ध्यान दिनुपर्ने धारणा राखे। नेपाल सरकारसँग आफूहरुको राम्रो सम्बन्ध रहेको पनि उनले स्पष्ट पारे।

    उनले थपे,”सरकारसँग नराम्रो हुने भन्ने कुरै भएन । नेपाल सरकार, परराष्ट्र मन्त्रालय र हाम्रो संघबीच नङ र मासुजस्तै सम्बन्ध हुनुपर्छ । नेपाली जनता र सरकारसँग सुमधुर सम्बन्ध ।” रहेको बताउदै अन्तमा कोरोनालाई मानव जातिले पराजित गरेरै छाड्ने बताउँदै छिट्टै परिस्थिति सामान्य बन्ने विश्वास व्यक्त गरे । उनले कोरोनाको भ्याक्सिन आउँछ भन्ने आधारपनि देखिएका बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ६, २०८२ (मे १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ...

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण...