News Portal

टुहुरा बालबालिकाकाे शिक्षा र स्वास्थको जिम्मेवारी वडाध्यक्षले लिने

हिमाली संचार संवाददाता
६४३ पटक

सिन्धुपालचोक – जुगल गाउँपालिका वडा नम्वर ५ (साविक बराम्ची वडा नम्बर ४) डाडाथोकका फुल बहादुर तामाङ (जिम्बा)को श्रीमती बर्ष ४३ काे सन्चमाया तामाङ बिहान ८ बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिर बाट खसेर मृत्यु भएको छ।

मृतकको पेट फुटेर आन्द्रा भुडी निस्केको अबस्थामा फेल परेको र गर्भमा ८ महिनाको बच्चा रहेको र सो बच्चा जिवित रहेको खबर प्राप्त भएपछि बच्चालाई हस्पिटल लानकाे लागि गाडी लिन गएको थिए तर, गाडी नजिकै डबली आईपुग्दा शिशुको मृत्युु भयको थियो।

बिपतमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता। मुख्य उदेश्यका साथ वडा नं ५ का अध्यक्ष सन्तकुमार अधिकारीले राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा आमा गुमाएका बेसहारा बालबालिका सुकमाया तामाङ १० वर्ष, सञ्चमाया तामाङ ८ वर्ष सुमन तामङ ६ वर्षका टुहुरा बालबालिकालाई बालदिवशकाे अवसरमा पठनपाठनकाे जिम्मेवारी वडाध्यक्ष सन्तकुमार अधिकारीले लिने प्रतिबद्धता जनाएका छन्।

त्यो घटनाप्रति जुगल गाउँपालिका कांग्रेसको सम्याेजक, वडाध्यक्ष सन्तकुमार अधिकारीले मृतकका आमा तथा छाेरीप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...