News Portal

  • धरानका युवा जनता समाजवादी पार्टीमा प्रवेश, जनता समाजवादी पार्टी तेस्रो शक्ति : नेता राई

    हिमाली संचार संवाददाता
    ३१८ पटक

    धरान – जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले धरानमा आयोजित एक कार्यक्रममा बोल्दै समाजवादी पार्टी तेस्रो शक्ति भए पनि त्यो पर्याप्त नभएको बताएका छन्। आयोजित कार्यक्रममा धरानका २० जना युवा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

    नेता राईले अब पार्टीलाई वैकल्पिक, थप मजबुत बनाएर जानको लागि सबै लाग्नुपर्ने बताएका थिए। नेता राईले धरानमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अब चुनाव नजिकै आई सकेको बताउदै, अब तयारी अवस्थामा रहनुपर्ने बताएका थिए। आयोजित कार्यक्रममा बोल्दै नेता राईले वर्तमान संविधान अधुरो, अपुरो मात्र नभएर साम्प्रदायिक समेत रहेको बताएका हुन्। संविधान कति त्रुटिपूर्ण छ भन्ने कुरा त देशको भूभाग नसमेटी जारी गरिएको संविधानबाट स्पष्ट भएको बताएका हुन् । 

    नेपालको संसारकै उत्कृष्ट संविधान भन्नेहरुले देशकै भूभाग समेत नक्सामा छुटाएको समेत नेता राईले आरोप लगाएका थिए । एउटा जाती, एउटा धर्म, एउटा भाषा र एउटा क्षेत्र पहाडलाई मात्र संरक्षण गर्नको लागि मात्र संविधान बनेको आरोप लगाए । यो संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसको बताए ।

    नेता राईले संविधानमा धर्म निरपेक्ष लेखेर हिन्दु राज्य बनाएको आरोप लगाए । धर्म निरपेक्ष लेखेर स्पष्टीकरणमा सनातन लेखेको आरोप लगाउँदै राईले राज्यले एउटा धर्म बोकेपछि बाकी धर्मको के हालत हुन्छ भनेर प्रति प्रश्न समेत गरेका थिए। बुद्ध जन्मेको देशमा इसाई सिख किरात लगायतको धर्मावलम्बी समेत रहेको बताउँदै नेता राईले धर्म व्यक्तिको स्वतन्त्रताको कुरा भएको बताए । 

    यो संविधान एकल जातीय मात्र नभएर अपुरो, भाषामा पनि विभेद रहेको बताएका थिए । यही क्रममा धरानका विभिन्न पार्टीमा आबद्ध रहेका २० जना युवाहरू जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

    हिजो धरानमा पार्टी प्रवेश गर्नेहरूमा गङ्गा चेम्जोङ, पृथ्वी चेम्जोङ, अशोकचन्द्र राई, बिस्ना लिम्बु, विनोद राई, तेज इस्बो, रुपेश इश्बो, सोममाया लिम्बू, चन्द्रकला श्रेष्ठ, दावा शेर्पा, चन्द्र सोताङ, जगत् घताने, शिव इस्बो, रामप्रसाद राई, हरेन्द्र बिक, दिलकुमार लिवाङ, श्यामकुमार श्रेष्ठ, श्री कुमार श्रेष्ठ, बसन्ती श्रेष्ठ, ज्ञानबहादुर राईलाई वरिष्ठ नेता राईले खादा लगाएर स्वागत गरेका थिए ।

    धरान स्थित चुम्लुङ हिममा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरू मध्येबाट चन्द्र सोताङलेले बोल्दै आफूले कांग्रेस पनि हेरेको, नेकपा पनि हेरेको भन्दै साँच्चै पार्टीको नाम समेत जनता समाजवादी भएकोले आफू पार्टी प्रवेश गरेको बताए । यस अघि आफू वाइसीएलको इन्चार्ज समेत भएको बताएका सोताङले आफू भाषण भन्दा पनि काममा विश्वास गर्ने भन्दै काम गरेर देखाउने बताएका थिए । 

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    भिजिट भिसा प्रकरणमा रास्वपाभित्र छानबिन, सांसद श्रेष्ठमाथि आरोप

    काठमाडौं, असार ५ – भिजिट भिसाको नाममा नक्कली उजुरी दर्ता गराएको आरोपसँगै विवादमा तानिएको राष्ट्रिय...

    संक्रमणकालीन न्यायमा निष्कर्ष निकाल्ने प्रयास, प्रधानमन्त्री ओलीको नेतृत्वमा बैठक तयारी

    काठमाडौं, असार ५ – संक्रमणकालीन न्यायसँग सम्बन्धित जटिल विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय...

    संसद बैठक आज, निजामती विधेयक फेरि कार्यसूचीमा परेन

    काठमाडौं, असार ५ – संघीय संसद्को प्रतिनिधि सभा आज बिहान ११ बजे बस्दैछ। नागरिकता विधेयक...

    आज २०८२ साल असार ५ गतेको राशिफल

    आज असार ५, २०८२ (जुन १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

    रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय...