News Portal

११ जनाकाे शव मध्ये २ जनाको शव बलेफी र बसेरी खोलामा भेटिए

हिमाली संचार संवाददाता
३९१ पटक

सिन्धुपाल्चोक-बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा गए राति खसेको पहिरोले १८ घर पुरिनुकाे साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । बाह्रबिसे नगरपालिका–७ वडा अध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा ११जनाको शव फेला परेको छ।

भोटेकोशी खोलाले बगाए ती मध्य एक जना बसेरी खोलामा एक जना बलेफी किनारामा भेटिएका छन्। नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये ११ जनाको शव भेटिए २१जना वेपत्ता छन्। भने ४ जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले पीडितको लागि अस्थायी टेन्ट लागि सुरक्षित ठाऊमा अस्थाई बासस्थान साथै उद्धारकार्यलाई जारी राखेको मीन बहादुर श्रेषठले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...