News Portal

सभामुख स्थलमार्ग हुँदै बाह्रविसे भिर्खरक नागुँचे प्रस्थान

दुर्गा श्रेष्ठ
३७८ पटक

सिन्धुपालचोक-सभामुख अग्निप्रसाद सापकोटा स्थलमार्ग हुँदै सिन्धुपाल्चोक प्रस्थान गरेका छन्। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ मा पहिरो गएपछि सभामुख सापकोटा त्यसतर्फ लागेका हुन्।

सभामुख सापकोटा अहिले स्थलमार्गहुँदै बाह्रविसे गइरहेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले हिमाली संचार लाइ जानकारी दिए। सभामुख सहितको टोली बिहान ८ बजे दोलालघाट पुगेको र वर्षाका कारण पुग्न कठिन भइरहेको उनले बताए।

गएराती आएको पहिरोकोका कारण कम्तिमा १८ घरमा क्षति पुगेको छ। स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ । गएराती आएको पहिरोको कारण बस्ती पुरिएपछि अलिहे प्रहरी प्रशासन उद्दारमा खटिएको छ।

साथै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा ‘सुबोध’ लगायतको टोलीपनि त्यसतर्फ प्रस्थान गरेको छ। स्थानिय जनप्रतिनिधिहरु त्यसतर्फ भेला भएर उद्दारको कार्य तीव्र बनाइरहेको मेयर नेमफुङ्जे शेर्पाले जानकारी दिए।

उद्दारमा कठिनाई आएका कारण सबै उद्दारमा खटिनका लागि स्थानिय सरकारले अनुरोध गरेको छ।

गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् । ०७१ सालपछि जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढी पहिरोको कारण सिन्धुपाल्चोकका जनता पिडित छन्।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...