News Portal

दुई प्रहरी निरीक्षकसहित थप ४७ प्रहरीमा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
४३५ पटक

मकवानपुर — मकवानपुरका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार पछिल्लो २४ घन्टामा मकवानपुरमा थप ४७ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।

जसमध्ये दुई जना प्रहरी इन्स्पेक्टर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए । उनका अनुसार, हेटौंडा–११, थानाभर्‍याङस्थित दंगा प्रहरी गणमा कार्यरत ३५ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।

मकवानपुरमा कोरोना संक्रमित जनपथ प्रहरीको संख्या १ सय १५ जना पुगेको छ । हालसम्म १० जना सशस्त्र प्रहरीलाई कोरोना देखिएको र ३३ प्रहरी कोरोना निको भएर घर फर्किएका छन्।संक्रमित १२ जना प्रहरीलाई जिल्ला प्रहरीको सभाहलमा र बाँकीलाई हेटौंडा–६ स्थित आइसोलेसन वार्डमा राखिएको छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...