News Portal

  • लिदि पहिरो पीडितको लागि राहत सामाग्री प्रदान

    हिमाली संचार संवाददाता
    २२४ पटक

    सिन्धुपाल्चोक – जुगल गाउँपालिका २ लिदि गाउँका पहिरो प्रवाभितलाई राहत सामाग्री प्रदान गरिएको छ । लिदि पहिरोबाट बिस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिईरहेका उनिहरुलाई शनिवार खानेपानी संचयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामाग्री प्रदान गरिएको हो ।

    शान्ति फाउन्डेशनद्वारा संकलित राहत सामाग्री बागमती प्रदेश सभाका अर्थ तथा बिकास समितिका सभापती एवम सांसद सरेश नेपालले पहिरो प्रवाभित र बिस्थापितलाई वितरण गर्नुभयो । राहत वितरणका लागि बाँसखर्क स्थित अस्थायी सेल्टरमा पुग्नुभएका सांसद नेपालसँग बिस्थापित परिवारले स्थायी बासको लागि पहल गरिदिन आग्रह गरेका छन ।

    टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरुले तत्काल ब्यबस्थित किसिमका अस्थायी संरचना बनाईदिन आग्रह गरे । पहिरोपछी लिदिबासीको जिउज्यानको रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याईएको स्मरण गर्दै सांसद नेपालले बर्खापछी स्थायी र सुरक्षित बासस्थान ब्यबस्थापनका लागि पहल गर्ने प्रतिवद्द्ता ब्यक्त गर्नुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना : दुई वृद्धाको घटनास्थलमै निधन, १५ जना घाइते

    बाजुरा, साउन ८ – हिमाली गाउँपालिका–५ को टुनीगडा आसपासको क्षेत्र सोमबार बिहान दुःखद दुर्घटनाको साक्षी...

    प्रतिनिधिसभाको बैठक आज अपराह्न : दुई महत्वपूर्ण विधेयकसहित तीन संसदीय समिति पनि सक्रिय

    काठमाडौं, साउन ८ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार साउन ८ गते अपराह्न...

    आज २०८२ साल साउन ८ गतेको राशिफल

    आज साउन ८, २०८२ (जुलाई २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए कतारको एकता अधिवेशन २५ जुलाईमा हुँदै

    दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको एकता अधिवेशन तोकिएकै मिति २५ जुलाई शुक्रबार दोहास्थित क्राउन...

    दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र...