
जनकपुरधाम -फेसबुकम फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप भएको छ।जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ।भडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले बताए।
उनका अनुसार मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो।अहिले अबस्था सामान्य भएको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए । ‘दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेका छौं’ उनले भने।