News Portal

रंगेली खानेपानी संस्थामा बिधुत सट हुदा १२ लाख रुपैयाँ बराबरको क्षेति

रबिन्द्र बराल
३४१ पटक

माेरङ– रंगेली नगरपालिका ७ मा रहेको खानेपानी सरसफाइ उपभोक्ता समिति द्वारा सन्चालित खानेपानी मा बुधबार बेलुकी ८ बजे बिधुत सटभई अचानक आगलागी हुदा खानेपानी मा रहेको ईन्भटर ,पाईनल र डिसि माेटर मा आगलागी हुदा १२ लाख बराबरको क्षेति भएको छ ।

आगलागी हुदाँ उक्त ईन्भटर,पाईनल र डिसि माेटर भित्रमा रहेको सम्पुर्ण क्वाईल जलेर नष्ट भए पछि अहिले रंगेली नगरभित्र खानेपानीको समस्या उत्पन्न भएको कार्यलाय प्रमुख शिवराज दाहाल ले बताए ।

अहिले सानाे माेटर मात्रै सन्चालनमा रहेको हुनाले उक्त माेटर बाट पानीको मात्रा कम आउने भएको हुदा अहिले ग्राहक काे घर सम्म पानी पहिले काे भन्दा निकै कम आउने र बिधुत आपूर्ति नहुदा पानी समेत बन्द रहने दाहाल ले बताए ।

विहानि पख भने धारामा केही मात्रामा धार मा पनि आएता पनि अरु समयमा भने पानी काे उपयोग बडि भएको हुनाले हाेचाे ठाउँमा मात्रै पानी आउनेे उनलेे बताए । उक्त सामग्री हरु काे मर्मत गर्ने वा मन्त्रालय बाट माग गर्ने भन्ने बिषयमा छलफल भई रहेकाेे र उपभोक्त हरुले कम्तिमा १५ दिन सम्म खानेपानीको समस्या हुन सक्ने बताए ।

रंगेली नगरपालिकाेेेे वडा नम्बर ७ ,६ र ४का स्थानीय हरुले उक्त खानेपानीको उपयोग गर्दे आईरहेका छन । २०५२ सालमा निर्माण गरिएको पानी ट्याङ्की काे क्षमता ४ लाख ५० हजार लिटरको रहेकाे छ । रंगेली खानेपानी ले हालसम्म ९ सय घर घुरी मा खानेपानी पुर्याउदै अाईरहेकाे छ । रंगेली खानेपानी ले एक ग्राहक बापत ८ हजार लिटर पानी प्रयोग गरे वापत ९० रुपैयाँ महसुल तिर्दे अाईरहेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...