News Portal

रंगेलीकाेे मुहार त  फेरिदै तर कमसल काम हुदै

हिमाली संचार संवाददाता
६२८ पटक

रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका  ७  अस्पताल चाैक नजिकै बनाउदै गरेको नाला भत्किएको छ ।

नाला वनाउने काम सुरु गरेको एक महिना  भएता पनि उक्त नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा कम भएको कारणले गर्दा नाल भित्किएकाे स्थानीय बताउँछन् । निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले नाला बनाउदा  सबै भन्दा पहिले नालामा ३ नम्बर र २ नम्बर ईट्टा प्रयोग गरेर जमिनमा हालेको थियो ।

त्यस माथि ढलान सुरु गरेर नाला बनाउने काम सुरु गरेको हाे । तर नाला बनाउन नपाउदै भत्किए पछि स्थानीय निरास भएका छन ।    नाला बनाउन नपाउदै भत्किए पछि अवका दिनहरुमा कसरी काम राम्रो हाेला भन्ने चासोको बिषय बनेको छ ।  मुख्य बजारमा  नाला बनाउने काम  द्रुतगतिमा सुरु भएको भएता पनि यसरी नाल भत्किए पछि बाटो निर्माण भएपछि कति भत्किने हाे भन्न थालेका छन ।

मुख्य बजारका सय बर्ष पुराना घरहरु भत्केे पछि रंगेलीकाे नयाँ मुहार फेरिनेे अासामा रहेका स्थानीय बासि खुशीले दङ्ग भएका थिए । तर सुरुमा नै कमसल काम देखेर उनिहरु निरास भएका छन । यता हुलाकी राज मार्गका ईटहरीका याेजना प्रमुख विजय कुमार महतका अनुसार उक्त सडककाे सुपरभिजन भरतिय पक्षले हेर्ने भएको हुनाले उनीहरुलाई काम कमसल भईरहेकाे जानकारी गराउने र राम्रो काम गर्ने निर्देशन दिने बताए ।

निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले उक्त सडक कालाे पत्रे गर्ने थालेको हाे  ।

रंगेली देखि कानेपाेखरीसम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४लाख३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ । उक्त सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पन्न गरिने सम्झौता  समेत भएको छ ।  रंगेलीकाे  मुख्य बजारमा ६५ फिट  भित्रमा नै नाला बनाउन लागेपछि अब साे सडक ६५ फिट  सडक बन्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...