News Portal

रंगेलीकाेे मुहार त  फेरिदै तर कमसल काम हुदै

हिमाली संचार संवाददाता
६३२ पटक

रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका  ७  अस्पताल चाैक नजिकै बनाउदै गरेको नाला भत्किएको छ ।

नाला वनाउने काम सुरु गरेको एक महिना  भएता पनि उक्त नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा कम भएको कारणले गर्दा नाल भित्किएकाे स्थानीय बताउँछन् । निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले नाला बनाउदा  सबै भन्दा पहिले नालामा ३ नम्बर र २ नम्बर ईट्टा प्रयोग गरेर जमिनमा हालेको थियो ।

त्यस माथि ढलान सुरु गरेर नाला बनाउने काम सुरु गरेको हाे । तर नाला बनाउन नपाउदै भत्किए पछि स्थानीय निरास भएका छन ।    नाला बनाउन नपाउदै भत्किए पछि अवका दिनहरुमा कसरी काम राम्रो हाेला भन्ने चासोको बिषय बनेको छ ।  मुख्य बजारमा  नाला बनाउने काम  द्रुतगतिमा सुरु भएको भएता पनि यसरी नाल भत्किए पछि बाटो निर्माण भएपछि कति भत्किने हाे भन्न थालेका छन ।

मुख्य बजारका सय बर्ष पुराना घरहरु भत्केे पछि रंगेलीकाे नयाँ मुहार फेरिनेे अासामा रहेका स्थानीय बासि खुशीले दङ्ग भएका थिए । तर सुरुमा नै कमसल काम देखेर उनिहरु निरास भएका छन । यता हुलाकी राज मार्गका ईटहरीका याेजना प्रमुख विजय कुमार महतका अनुसार उक्त सडककाे सुपरभिजन भरतिय पक्षले हेर्ने भएको हुनाले उनीहरुलाई काम कमसल भईरहेकाे जानकारी गराउने र राम्रो काम गर्ने निर्देशन दिने बताए ।

निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले उक्त सडक कालाे पत्रे गर्ने थालेको हाे  ।

रंगेली देखि कानेपाेखरीसम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४लाख३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ । उक्त सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पन्न गरिने सम्झौता  समेत भएको छ ।  रंगेलीकाे  मुख्य बजारमा ६५ फिट  भित्रमा नै नाला बनाउन लागेपछि अब साे सडक ६५ फिट  सडक बन्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...