
दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – हिजो बिहान जुगल गाउँपालिका वडा नं.५ स्थित साविक बराम्ची वडा नं. ४ डाडाथोकका फुल बहादुर तामाङ जिम्बाको श्रीमती बर्ष ४३ का सञ्च माया तामाङ बिहान करिब ८ बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिरबाट खसेर मृत्यु भएको छ।
गर्भवती महिला रातो भिरदेखि खस्दा पेट फुटेर आन्द्रा भुडी निस्केको अबस्थामा फेल परेको थियो। मृतक महिला ८ महिनाको गर्भवती थिइन। उनी रातो भिरबाट तल खस्दा गर्भवती महिलाको पेटमा रहेको बच्चा उछिट्टिए बाहिर निस्केको थियो।
स्थानीय पुगेर उद्धार गर्न खोज्दा खोज्दै बच्चाको पनी मृत्यु भएको वडाध्यक्ष सन्त अधिकारीले जानकारी दिए।
