News Portal

काभ्रेको डाँडापारी सेना परिचालन

हिमाली संचार संवाददाता
६७२ पटक

काभ्रे – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पक्राउ गराउन सरकारले नेपाली सेना परिचालन गरिएको छ ।

काभ्रेको खानीखोला गाउँपालिका तार्कीडाँडा साविक फलामेटार ३ मा सेना परिचालन भएको हो । द्वन्द्वकालमा झै स्थानीयलाई त्रास देखाई आफ्नो कार्यकर्ता पक्राऊ गराउन सरकारले सेना परिचालन गर्नु गम्भीर त्रुट्री गरेको भन्दै विप्लव काभ्रेका एक कार्यकर्ताले बताए ।

स्थानीय तहदेखि केन्द्रिय सरकारमा अनिमियतता गर्नेहरुको पर्दाफास हुने डरले सरकारले हाम्रो नेता कार्यकर्तामाथि बलजफ्ती गर्न खोजिएको उनले आरोप लगाए ।

उनले भने हाम्रो मिसन देशलाई भ्रष्ट्रचारमुक्त गराउने हो यस अभियान तिब्र रुपमा चलिरहेको छ । प्रत्येक वडा कार्यालय र गाउँ/नगरपालिकाको योजना तथा बजेट सम्बन्धि निगारानी गर्ने र अनिमियतता गर्नेलाई समाजमा ल्याएर जनकारवाही गर्ने ती नेताले बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...