News Portal

नागरिक लगानी कोषमा मासिक ५ सय जम्मा गरे पेन्शन पाउने

हिमाली संचार संवाददाता
६५१ पटक

काठमाण्डौ – नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ कार्यक्रम ल्याएको छ। यो योजना अन्तरगत सबै नागरिकलाई समेट्ने गरी योजना ल्याएको हो। नागरिक लगानी कोषमा मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजना अन्तरगत सहभागी हुन पाइने कोषले जनाएको छ। त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने नागरिक लगानी कोषले जनाएको छ ।

नागरिक लगानी कोषमा बचत गरेको रकमकै आधारमा लगानीकर्ता ६० वर्ष पुरा भएपछि नागरिकले पेन्शन पाउने छन् । बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने नागरिक लगानी कोषले जनाएको छ । 

नागरिक लगानी कोष अन्तरगतका कार्यक्रम यदि कसैले बीचमा नै छाड्न चाहेमा लगानीकर्ताको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हुनेछ। तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।

नेपाली नागरिकले कृषि, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका विभिन्न क्षेत्रमा कार्यरत नेपाली नागरिकले यस योजनामा सहभागी हुन सकिन्छ । यस कार्यक्रम अन्तरगत मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ । तर बचत रकम मासिक कम्तिमा ५ सय हुनु पर्ने नागरिक लगानी कोषले जनाएको छ । 

नेपाली सर्वसाधारण जनतालाई बचत गर्न अभिप्रेरित र प्रोत्साहित गर्ने सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ । नागरिक लगानी कोष नियामवाली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी संचालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...