News Portal

    नागरिक लगानी कोषमा मासिक ५ सय जम्मा गरे पेन्शन पाउने

    हिमाली संचार संवाददाता
    ५२७ पटक

    काठमाण्डौ – नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ कार्यक्रम ल्याएको छ। यो योजना अन्तरगत सबै नागरिकलाई समेट्ने गरी योजना ल्याएको हो। नागरिक लगानी कोषमा मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजना अन्तरगत सहभागी हुन पाइने कोषले जनाएको छ। त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने नागरिक लगानी कोषले जनाएको छ ।

    नागरिक लगानी कोषमा बचत गरेको रकमकै आधारमा लगानीकर्ता ६० वर्ष पुरा भएपछि नागरिकले पेन्शन पाउने छन् । बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने नागरिक लगानी कोषले जनाएको छ । 

    नागरिक लगानी कोष अन्तरगतका कार्यक्रम यदि कसैले बीचमा नै छाड्न चाहेमा लगानीकर्ताको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हुनेछ। तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।

    नेपाली नागरिकले कृषि, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका विभिन्न क्षेत्रमा कार्यरत नेपाली नागरिकले यस योजनामा सहभागी हुन सकिन्छ । यस कार्यक्रम अन्तरगत मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिनेछ । तर बचत रकम मासिक कम्तिमा ५ सय हुनु पर्ने नागरिक लगानी कोषले जनाएको छ । 

    नेपाली सर्वसाधारण जनतालाई बचत गर्न अभिप्रेरित र प्रोत्साहित गर्ने सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ । नागरिक लगानी कोष नियामवाली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी संचालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...

    स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

    स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट...